कोरिया जाँदै हुनुहुन्छ ? अब तपाईले पाउनुहुनेछ यी ८ फरक


लाइन बस्नु नपर्ने, तलब बढ्ने र लगानी पनि सुरक्षित हुने
रवीन्द्र घिमिरे

६ फागुन, काठमाडौं । देशका विभिन्न शहरमा कोयिरन भाषाका कक्षा सुरु भइरहेका छन् । सन् २०१७ का लागि आउँदो असारमा परीक्षाको आवेदन माग हुँदैछ भने भदौमा परीक्षा हुनेछ ।

आकर्षक कमाइ हुने भएपछि धेरै नेपाली युवाहरु परीक्षा पास गरेर कोरिया जान लालयित छन् ।  कोरियाले विदेशी कामदारलाई स्वदेशीसरहको ब्यवहार गर्ने नीति लिँदै इपीएसमा जाने कामदारका लागि नयाँ नयाँ सुविधासमेत थपिरहेको छ । त्यसैले कोरियाको श्रम बजार पहिलेभन्दा झन आकर्षक बन्दै गएको नेपाली श्रम अधिकारीहरु बताउँछन् ।

त्यसैकारण अब नेपाली युवाको कोरियासम्मको यात्रा विभिन्न कारणले अघिल्ला वर्षहरु भन्दा फरक र सहज हुँदै गएका छन् ।
र्फम भर्दा, परीक्षा दिँदा, प्रक्रिया पूरा गरेर कोरिया जाँदा र त्यहाँ काम गर्दा पनि पहिलेभन्दा धेरै नयाँ कुरा देख्न पाइन्छ ।

अब भाषा पढेर कोरिया जाने नेपालीहरुले के(के फरक पाउनेछन् रु तपाईहरुले अब यी ८ वटा फरक पाउनुहुनेछः
१। घण्टौं लाइन बसेर आवेदन दिनु नपर्ने
कोरियन भाषा परीक्षाको आवेदन बुझाउन लागि अघिल्ला वर्षहरुमा लाइन नबसी सुखै थिएन । ती लाइनमा हुने भिडन्त र सास्तीका तस्वीर अब देख्न पाइने छैनन् ।

इपीएस कोरिया शाखाले यो वर्षदेखि अनलाइनबाटै र्फम भर्ने सुविधा दिँदैछ । घण्टौं घाममा सेकिँदै र पानीमा भिज्दै फारम भर्नुपर्ने बाध्यता अब नरहने इपीएस कोरिया शाखाका निर्देशक डिल्लाराम बास्तोला बताउँछन् ।

‘अनलाइन प्रणालीको विकास थालिसकेका छौं’ बास्तोलाले भने(‘अब इच्छुक परीक्षार्थीले आफ्नो फारम अनलाइनबाट भर्छन् र  बैंकमा गएर तोकिएको शुल्क जम्मा गर्नेछन् ।’

२।परीक्षामा एमआरपी अनिवार्य
अबको भाषा परीक्षामा नक्कली परीक्षार्थीलाई निरुत्साहित गर्ने शाखाले नयाँ व्यवस्था गरेको छ । अघिल्लो पटकको भाषा परीक्षामा ५९ जना नक्कली परीक्षार्थी भेटिएपछि यस्तो संख्या उच्च हुन सक्ने अनुमान गर्दै शाखाले अब फारम भर्न एमआरपी अनिवार्य गरेको छ । यसअघि नागरिकतामा मात्रै आधारित हुँदा समस्या भएकाले अब परीक्षामा सहभागी हुँदा एमआरपी लैजानैपर्ने व्यवस्था गरिएको छ ।

शाखाका निर्देशक बास्तोलाले भने(‘हाम्रो परीक्षा प्रणाली लोकसेवा आयोग जत्तिकै स्वच्छ हुन्छ । एमआरपी अनिवार्य गर्ने नीति लिएपछि झन् नक्कली परीक्षार्थीलाई नो इन्ट्री, नो चान्स ।’ यसबाट योग्य परीक्षार्थीलाई कोरिया जान अवसर मिल्ने शाखाको विश्वास छ ।
३।बढ्दैछ कामदार कोटा
कोरियन सरकारले कति कामदार लैजाने भनेर अहिले नै कोटा तोकेको छैन । तर, पछिल्ला वर्षहरुमा नेपाली कामदार लैजाने क्रम बढाउँदै लगेकाले आउँदो वर्ष पनि अझ धेरैलाई कोरिया जाने अवसर प्राप्त हुने सम्भावना छ ।

अघिल्लो वर्षको परीक्षामा ५९ हजार सहभागी भएकोमा ८ हजार ४ सय ९० जनाले भाषा परीक्षा पास गरेका थिए । ठूलो संख्यामा परीक्षा दिएका युवा निरास हुनुपरेकाले नेपाल सरकारले अधिकतम् युवालाई अवसर दिन कोरियालाई अनुरोध गर्दै आएको थियो । त्यसमा कोरिया सकारात्मक देखिएको शाखा प्रमुख बास्तोलाले बताए ।

४।बढ्यो तलब, अझै बढ्दै छ

अब कोरिया जानेलाई यसअघिलाई भन्दा झनै आम्दानी गर्ने मौका पनि छ । दक्षिण कोरिया सरकारले गत माघदेखि नयाँ तलबमान लागू गरेको छ । २०१६ का लागि ८।१ प्रतिशतले तलब बढेको छ । कोरियामा वर्षैपिच्छे तलब बढ्ने भएकाले २०१७ मा पनि कामदारको आम्दानीमा वृद्धि हुने पक्का रहेको बास्तोलाले बताए ।

नयाँ पारिश्रमिकबाट कामदारले प्रतिघण्टा ६ हजार ३० वन प्राप्त गरेका छन् । तर, स्थानीय मजदुर युनियनहरुले प्रतिघण्टा १० हजार वनको तलब माग गरिरहेकाले तलव बढ्दै जाने सुनिश्चित छ । नेपाली कामदारले अहिले पनि ११ सय डलर बराबर न्युनतम् पारिश्रमिक पाइरहेका छन्  । कतिपय कामदारले ओभर टाइमसहित महिनामा २ हजार डलर भन्दा बढी आम्दानी गर्ने गरेका छन् ।

५।मेडिकल फेलको जोखिम कम

अहिले स्वास्थ्य जाँच प्रभावकारी नहुँदा केही नेपाली कामदार कोरिया पुगेर पनि र्फकनुपर्ने समस्या छ । छातीमा देखिने दागका कारण धेरै नेपालीले कोरिया पुगेर र्फकनुपरेकाले इपीएस शाखाले अब सरकारी स्वास्थ्य संस्थाहरुबाट मात्रै स्वास्थ्य जाँच गराउने नीति लिँदै छ । यसबाट कामदारले कोरिया पुगेर पनि स्वास्थ्यका कारण र्फकनुपर्ने जोखिम कम हुने सरकाले जनाएको छ ।

यस्तै कोरियालाई पनि सरकारले नेपालबाटै प्रभावकारी रुपमा क्षयरोग जाँच गरेर लैजान भनेको छ । ‘कोरिया पुगेर अन्यायपूर्वक र्फकनुपर्ने बाध्यता हटाउन नयाँ व्यवस्था गरिनेछ’ निर्देशक बास्तोलले भने ।
६। नेपाली भाषामै परामर्श

कोरियन सरकारले विदेशी कामदारलाई परेका समस्या हल गर्न मातृभाषामै परामर्श थालेको छ । विभिन्न किसिमका समस्या भोगिरहेका कामदारलाई सहज होस् भनेर कोरियाले नेपाली कामदारका लागि नेपाली भाषामै परामर्श दिने गरेको छ ।
यसमार्फत कामदारले आफ्नो  हकहित, सेवा सुविधा र काम कर्तब्य तथा अधिकारबारे जानकारी लिन सक्छन् । यो सुविधा यसअघि जानेहरुलाई थिएन ।

७। पैसा पठाउन बेग्लै तालिम

कोरियामा कार्यरत धेरै कामदारले अहिले हुण्डीलगायत विभिन्न अनौपचारिक माध्यम प्रयोग गरेर रकम पठाउने गरेका छन् । यसअघि जानेहरुले रेमिट्यान्स बैंकिङ सुविधाबारे जानकारी नलिएकाले यो समस्या ब्याप्त भएको सरकारको ठहर छ । त्यसैले यो वर्षदेखि कोरिया शाखाले बैंकिङ तथा रेमिट्यान्स कारोबारबारे छुट्टै अभिमुखीकरण लिन सुरु गर्दैछ ।

कोरिया जानुअघि नेपालका ‘क’ वर्गका बैंकमा खाता खोल्न अनिवार्य गरिएको छ । यसबाट कामदारले अनौपचारिक माध्यमबाट रकम पठाउन छोड्नेछन् । हुण्डीमार्फत रकम पठाउँदा कामदार ठगिएका छन् भन्ने विभिन्न कानुनी समस्या भोगिरहेका छन् । अब जाने कामदारले यो समस्या भोग्नु नपर्ने इपीएस शाखाले जनाएको छ ।

८। बिजुलीमा लगानीको अवसर

कोरियामा राम्रै आम्दानी गरिरहेका युवाहरुलाई आफ्नो रकम कतै लगानी गर्ने चाहना हुन्छ । तर, दुःख गरेर कामएको रकम जथाभावी खर्च गरेर सकिएला र दुरुपयोग होला भन्ने युवाको गुनासोलाई ध्यानमा राख्दै सरकारले कोरियामा रहेका नेपालीको लगानीमा छुट्टै जलविद्युत् आयोजना निर्माणका लागि गृहकार्य सुरु गरिसकेको छ ।

कोरियामा कार्यरत नेपालीहरु आफ्नो लगानीमा नेपालका विकास आयोजनामा लगानी गर्न निकै ईच्छा देखाएका छन् । सरकारले पनि विदेशमा काम गर्ने नेपालीको लगानीमा छुट्टै जलविद्युत् आयोजना गर्ने नीति लिएको छ ।

त्यसैले हामीले प्रारम्भिक अध्ययन अघि बढाएका छौं’ निर्देशक बास्तोलाले भने(‘त्यहाँ काम गरेर फर्किएका नेपाली कामदारकै अग्रसरतामा जलविद्युत् आयोजना निर्माणको प्रस्ताव अघि सारिएको हो ।’

यो विषयको प्रस्ताव श्रम तथा रोजगार मन्त्रालयमा प्रस्ताव पुगिसकेको छ । कोरियामा कार्यरत नेपालीहरुको लगानीमा बन्ने आयोजना २ देखि १० मेगावाटको हुन सक्ने निर्देशक बास्तोलाले बताए ।

पूर्णतः कुनै देशमा कार्यरत नेपालीको आफ्नै लगानीमा निर्माण हुने यो आयोजनालाई नमूनाका रुपमा अघि बढाउने सरकारको तयारी छ ।

अनलाइनखबर