नेपालको चाबी भारतसँग छः बिजुक्छे


31052016051249Narayan_Man_B१३ भदौ, भक्तपुर । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले नेपालको हरेक निर्णयको चाबी भारतसँग भएको विस्तारै प्रष्ट हुँदै गएको बताएका छन् ।

उनले उपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधिलाई विशेष दूत बनाएर पठाउनु गलत भएको बताए । रफत सञ्चार क्लबले सोमबार आयोजना गरेको विजुक्छेले कुस्ती खेल्न पठाउनु पर्ने ब्यक्तिलाई दूतको रुपमा पठाउनु प्रधानमन्त्रीको त्रुटि भएको बताए ।

अघिल्लो सरकारमा उर्जामन्त्री टोपबहादुर रायमाझीले सार्क देशहरुका लागि संयुक्त विद्युत सम्झौता प्रस्ताव गर्नु र अहिले माओवादी नेतृत्वको सरकारमा संसदमा विधेयक प्रस्तुत गर्नुले वर्तमान सरकारको भारतप्रतिको झुकाव प्रष्ट भएको उनले बताए ।

नेमकिपा अध्यक्ष विजुक्छेले सभामुखको भूमिकामा प्रश्न उठाए । आफ्नो पदीय दायित्व भन्दा पनि राजनीतिक दलको कार्यकर्ताको भूमिकामा देखा परेको उनको भनाइ छ ।

साभारः अनलाइन खबर