
नेपालगन्ज (बाँके) । बाँकेको मनिकापूरमा आज विभिन्न कार्यक्रमका साथ ६३ औं नेपाल रेडक्रस सोसाइटीको स्थापना दिवसको अवसरमा बाँकेमा शतक रक्तदाता पवन जायसवालले आज १०५औं पटकको रक्तदान गर्नुभएको छ । “मानवतालाई जीवित राखौं” मूल नाराका साथ नेपाल रेडक्रस सोसाइटी मनिकापुर उप–शाखाद्वारा बृहत रक्तदान कार्यक्रममा जायसवालले आफ्नो १०५औं पटकको रक्तदान गर्नुभएको हो ।
कार्यक्रम रेडक्रस मनिकापूर उप–शाखाका सभापति नमराज सापकोटाको अध्यक्षतामा सम्पन्न कार्यक्रमका प्रमुख अतिथि नेपाल रेडक्रस सोसाइटी बाँके शाखाका सभापति गोबर्धन सिंह सम्झना, उप–शाखाका सभापति नमराज सापकोटा, सचिव जगन्नाथ कडेल, सदस्य उत्तम कुमार गौतम, नागरिक समाज संयोजक तथा पूर्व मनिपुरका गा.बि.स. का अध्यक्ष पदम आर्याल लगायतले प्रादेशिक रक्त सञ्चार केन्द्रका वरिष्ठ सहायक रक्त प्राविधिक सोम प्रकाश सापकोटा, सहायक रक्त प्राबिधिकद्वय सन्दिप आचार्य, महेश राना क्षेत्रीलाई रगत संकलन गर्ने थैली हस्तान्तरण गर्दै प्रमुख अतिथिले ब्यानर वाचन गरी विधिवत उद्घाटन गर्नुभएको थियो ।
कार्यक्रममा शर्मा एण्ड कम्पनीका इन्चार्ज बिनोद सुवेदी, दिनेश बिष्ट, सरोज श्रेष्ठ, हरि बहादुर थापामगर, नबिन कडेल, आस्था सार्की, भीमसेन अधिकारी, चेतन अग्रवाल, योगेश बस्नेत, बन्टी थारु, जितेन्द्र चौधरी, अमित कुमार चौधरी, रमेश भुजेल, कोपिला भुजेल, राधिका श्रेष्ठ, अमर कमाली, अस्तमित कर्ण, दिपेन्द्र रेग्मी, आशिष भण्डारी, आनन्द परियार, सुभाष बुढाथोकी, दिपक जंग शाह, धिरेन्द्रराज रेग्मी, प्रकाश श्रेष्ठ, चोक बहादुर खडका, सुशीला बुढा, लक्ष्मी कार्की, कौशल न्यौपाने, सौरभ बरोरा, मेघराज सुनार, तरुण अग्रवाल, अमृत मिश्रा, रबि पाण्डे, रुपा सार्की, शोभाराम वर्मा, बिष्णु प्रसाद रेग्मी, बिमल चन्द, केदार बहादुर कटुवाल, निर्मला गुरुङ्ग, बिजय महत, समिक्षा बाहुन, ओम बहादुर थापामगर, गणेश बहादुर भुजेल, नबिन श्रेष्ठ, बिष्णु बहादुर थारु लगायत ४६ जनाले रक्तदान गर्नुभएको थियो ।
कार्यक्रममा वरिष्ठ सहायक रक्त प्राविधिक सोम प्रकाश सापकोटा, सहायक रक्त प्राविधिकद्वय सन्दिप आचार्य, महेश राना क्षेत्री तथा वीरेन्द्र योगी, ओम प्रकाश गोडिया, तपेन्द्र बुढाले प्राबिधिकमा सहयोग गर्नुभएको थियो ।
कार्यक्रममा बुटवल होटल एण्ड लज नेपालगन्ज र शर्मा एण्ड कम्पनीको सहयोगमा सम्पन्न रक्तदान कार्यक्रममा मनिकापुर उप–शाखाका कोषाध्यक्ष डिल्ली रेग्मी, चिरञ्जीबी ढकाल उप–शाखाका पदाधिकारी र स्थानीयबासीहरुको सहभागिता रहेको थियो ।



Prawash Kumar Shakya । १९ भाद्र २०८२, बिहीबार १९:४५ बजे