
पवन जायसवाल
नेपालगन्ज (बाँके) ।
७३ औं विश्व कुष्टरोग दिवसको नारा “कुष्ठरोगको छ ओखती, सामाजिक लाञ्छना र बिभेद मुख्य चुनौती” भन्ने नाराका साथ ७३औं विश्व कुष्ठरोग दिवसको उपलक्ष्यमा माघ ९ गते पत्रकारसंगको अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । साइनिङ्ग अस्पताल/ आई.एन.एफ.नेपाल बाँके, बि.एन.एम.टी.नेपाल, नेपाल कुष्ठरोग निवारण संघ बाँकेको ,संयुक्त आयोजनामा ७३ औं विश्व कुष्ठरोग दिवसको उपलक्ष्यमा अन्तरक्रिया कार्यक्रम गरिएको थियो ।
साइनिङ्ग अस्पताल, आई.एन.एफ.नेपाल बाँकेका प्रशासन प्रशासन अधिकृत नरेन्द्र साउदद्वारा सञ्चालित कार्यक्रममा साइनिङ्ग अस्पताल, आइ.एन.एफ.नेपाल, बाँकेका अस्पताल लेप्रोसी इन्चार्ज मंगल बहादुर थारुद्वारा कुष्ठरोग बारेमा परिचय दिदैं नेपाल कुष्टरोगको प्रभाव दर उच्च रहेको देशहरु मध्ये एक हो । हाल नेपालमा प्रति वर्ष २५०० को जति नयाँ कुष्ठरोगी बिरामी पत्ता लाग्ने गर्दछन् उसोत नेपालले सन् २०१०मा नै राष्ट्रिय स्तरमा कुष्ठरोग निवारणको लक्ष्य प्राप्त गरिसकेको छ । नेपालको ७ वटा प्रदेश मध्ये ३ वटा प्रदेशमा अझ पनि कुष्टरोग निवारणको लक्ष्य प्राप्त गर्न सकिएको गर्न सकिएको छैन ।
आ.ब. २०८०–०८१ प्राप्त तथ्याँक अनसुार देशका १८ जिल्लाहरुमा कुष्ठरोगको प्रभाव दर प्रति १० हजार जन संख्यामा १ भन्दा उच्च (PR>1/10000 population) रहेको छ । आ.बा.०७९–०८० को तुलनामा आ.बा.०८०–०८१ मा उच्च प्रभाव दर रहेको जिल्लाको सँख्यामा बृद्धी भएको छ ।
साईनिङ्ग अस्पताल आई.एन.एफ. नेपाल बाँके आ.बा.०८१–०८२ को पहिलो छ महिना आई एन एफ नेपाल गैर सरकारी सँस्था हो । सन् १९५२ मा स्थापना भएको यो सँस्था नेपालको सबै भन्दा लामो सेवामा समर्पित सँस्था हो । साईनिङ्ग अस्पताल आई एन एफ नेपाल बाँके आई एन एफ नेपाल सँस्था बाट सँचालित अस्पताल हो । यो अस्पताल पूर्ण रुपले कुष्ठरोगी बिरामीहरुको सेवामा समर्पित अस्पताल हो ।सदा झै यस अस्पतालले आफ्नो अस्पताल र यस सँग सम्बिनधित बिभिन्न परियोजनाहरु मार्फत बिभिन सेवाहरु पैदान गर्दे आएको छ । आर्थिक बर्ष २०८१/०८२ को पहिलो ६ महिनाका मुख्य उपलब्धिहरु यस प्रकार रहेका छन् ।
नेपालमा सन् २०१० मा नै राष्ट्रियस्तरमा कुष्ठरोग निवारण भइसकेको छ । देशमै कुष्ठरोग निवारण भएपनि त्यसको मापदण्ड अनुसार बाँकेलाई हेर्ने हो भने अझै कुष्ठरोगको जोखिम र जिल्लामा कुष्ठरोग निवारणमा समस्या रहेको छ ।
बाँकेमा कुष्ठरोग निवारणका लागि आइएनएफ बाँकेले सञ्चालन गरेको साइनिङ्ग अस्पतालको तथ्यांक अनुसार, चालु आर्थिक बर्षको ६ महिनामा मात्रै अस्पतालमा ८६ जनामा कुष्ठरोग पुष्टि भएको छ । अस्पतालमा बाँके भारत सहित नेपालका विभिन्न जिल्लाका बिरामी उपचारका लागि आउने गरेको छ ।
साइनिङ्ग अस्पताल, आइ.एन.एफ.नेपाल, बाँकेका अस्पताल लेप्रोसी इन्चार्ज मंगल बहादुर थारुमंगल बहादुर थारुले माघ ११ गते आइतबार मनाइने विश्व कुष्ठरोग दिवसको सन्दर्भमा माघ ७ गते शुक्रबार आयोजित पत्रकार सम्मेलनमा अस्पतालमा चालु आ.व.मा पुष्टि भएका ८६ मध्ये ५७ पुरुष र २९ महिला रहेको जानकारी दिएका छन् । जसमा बाँकेका ३६, बर्दियाका १२, दैलेखका २, जाजरकोटका ५, दाङ्गका १, प्युठान १, रोल्पा १, सल्यानका १, रुकुमका ५, कैलाली ५ अछाम ३ र भारतीय नागरिक १४ जना भएको बताउनुभयो ।
भारतको ‘सीमावर्ती क्षेत्रबाट पनि छालाका बिरामीहरु उपचारका लागि आउने गरेका छन्, चालु आ.व.मा भारतबाट उपचारका लागि आएका मध्ये १४ जनामा कुष्ठरोग पुष्टि भएको हो’, उहाँले भन्नुभयो ।
अस्पतालले चालु आ.व.मा ९ हजार ८ सय ३१ जनालाई बहिरंग सेवा दिएको थियो । ‘कुष्ठरोगी निदानको लागि ३ सय ४२ जनाको र अनुगमनको लागि १ सय ५६ जनाको छालाको स्मीयर जांच परिक्षण गर्दा निदानको लागी परिक्षण गरिएको ५६ जना नयाँ बिरामीमा स्मीयर जांच पोजिटिभ भेटिएको बताएका थिए ।
बाँकेमा आर्थिक बर्ष ०८१/०८२ मा ९३ जना नयाँ कुष्ठरोगी फेला परेका थिए भने उक्त आ.व.को अन्त्यसम्म १ सय १६ जना कुष्ठरोगी उपचारमा रहेका थिए । नेपालमा कुष्ठरोगको प्रभाव दर उच्च रहेको देशहरू मध्य एक हो । हाल नेपालमा प्रति बर्ष सरदर २ हजार ५ सय जति नयाँ कुष्ठरोगी बिरामी पत्ता लाग्ने गर्दछन् । ‘नेपालको ७ वटा प्रदेश मध्ये ३ वटा प्रदेशमा अझै पनि कुष्ठरोग निवारणको लक्ष्य प्राप्त गर्न सकिएको छैन’, पत्रकार माझ राष्ट्रिय तथ्यांक राख्दै साइनिङ्ग अस्पताल, आइ.एन.एफ.नेपाल, बाँकेका अस्पताल लेप्रोसी इन्चार्ज मंगल बहादुर थारुले बताएका थिए, ‘प्रदेश स्तरमै निवारणको अवस्था प्राप्त गर्न नसकेको प्रदेशहरू मध्य लुम्बिनी प्रदेश पनि एक हो ।’
‘आ.व. ०८०–०८१ प्राप्त तथ्यांक अनुसार देशका १८ जिल्लाहरूमा कुष्ठरोगको प्रभाव दर प्रति दश हजार जनसंख्यामा १ भन्दा उच्च छ’, उनी भन्छन्, ‘यसले निवारण भैसकेको कुष्ठरोगमा जोखिम बढाएको छ ।’ यसबर्ष ७३ औं विश्व कुष्ठरोग दिवस आगामी माघ ११ गते कुष्ठरोगको छ ओखती, सामाजिक लाञ्छना र विभेद मुख्य चुनौती भन्ने नाराका साथ मनाइँदै छ । ‘नेपाल कुष्ठरोगको उच्च प्रभाव दर भएको राष्ट्र रहि रहनु, कुष्ठरोग बिरामीहरूको संख्या उच्च रहनु, समुदाय स्तरमा कुष्ठरोग बारे जनचेतनाको स्तर अझै पनि बढन नसक्नु, कुष्ठरोग सम्बन्धि कार्यको लागि सरकारी स्तरबाट योजना तथा बजेट आवश्यकता अनुरूप विनियोजन हुन नसक्नु, विनियोजित बजेट तथा योजना समयमा कार्यानवयन हुन नसक्नु आदी विबिध समस्या तथा चुनौतीहरू विधमान रहेको छ’, अस्पताल प्रमुख थारुले भन्नुभयो ।
कार्यक्रममा बिएनएमटी नेपाल (बिराट नेपाल मेडिकल ट्रष्ट नेपाल)का प्रोजेक्ट म्यानेजर विवेचना पाण्डे, नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नविन गिरी, नेपाल कुष्ठरोग निवारण संघका कार्यालय प्रमुख राम बहादुर चौधरी लगायतले आफना–अफना बिचार राख्नुभयएको थियो ।



Prawash Kumar Shakya । ११ माघ २०८२, आईतवार १४:०० बजे