काठमाण्डौंमा ६४ पिन्ट रगत संकलन


१६ चैत्र, काठमाडौं / देवी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आठाैं पटकको रक्तदान कार्यक्रमकोआयोजना गरी सम्पन्न गरेको छ ।

नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष एवं सर्वाधिक स्वयंसेवी शतक रक्तदाता प्रेमसागर कर्माचार्यकाे प्रमुख आतिथ्यतामा सहकारीले रक्तदान कार्यक्रम सम्पन्न गरेको हो । कार्यक्रमको शुभारम्म गर्दै सर्वाधिक शतक रक्तदाता कर्माचार्यले अब गर्मी मौसमको शुरुवात सँगै मानिसमा विभिन्न रोगले सताउने भएकोले रगतको अभाव हुनसक्छ तसर्थ रक्तदान गर्न मिल्ने सम्पूर्णलाई स्वस्फूर्तरुपमा ३/३ महिनामा रक्तदान गर्न अनुरोध गर्नुभयो ।

प्रमुख अतिथि नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष एवं सर्वाधिक स्वयंसेवी शतक रक्तदाता प्रेमसागर कर्माचार्यलाई सहकारी संस्था अध्यक्ष एवं कार्यक्रमका सभापति प्रकाश ढुंगेलले रक्तदानको क्षेत्रमा अतुलनिय योगदान पुर्याएकोमा खादा पहराई मायाकाे प्रदान गरि सम्मान गर्नुभएको थियो ।

सहकारीका अध्यक्ष प्रकाश ढुङ्गेलको सभापतित्व तथा सहकारीका संस्थापक अध्यक्ष तथा सल्लाहकार श्याम ढुंगेलको संयोजन रहेकाे कार्यक्रममा महिला तथा पुरूष गरि ६४ जनाले स्वयंसेवी तवरले स्थानीय पार्टीटार चौरमा रक्तदान गर्नुभएको थियो ।