एमाओवादी उपाध्यक्ष नारायणकाजीलाई स्वाइन फ्लु


२६ माघ काठमाडौं– एनेकपा माओवादीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठ प्रकाशलाई स्वाइन फ्लुको संक्रमण देखिएको छ । ९ दिनदेखि उपचाररत प्रकाशलाई स्वाइन फ्लु भएको सोमवार प्रमाणित भएको हो ।

टाइफाइड आशंकामा किष्ट मेडिकल हस्पिटलमा उपचाररत उनमा स्वाइन फ्लु देखिएपछि घरमै थप उपचार भइरहेको उनका निजी सहयोगी सुसन कर्माचार्यले बताइन् । उनीसँग भेटघाटका लागि पूर्ण रुपमा बन्देज लगाइएको छ ।
प्रकाशले ‘स्वाइन फ्लुको उपचारको बेड’बाट भन्दै उनले ट्वीटरमा शुशिल कोइरालालाई श्रद्धाञ्जली दिएका छन् ।
स्वाइन फ्लु एउटा संक्रामक रोग हो जसले श्वासप्रश्वास प्रणाली र त्यससँग सम्बन्धित विभिन्न अंगलाई असर गर्ने गर्छ। यसले शरीरको पाचन प्रणाली र प्रतिरोधात्मक क्षमतालाई पनि असर पार्छ।

साभारः स्वास्थखबर पत्रिका