कांग्रेस सभापति तथा पूर्वप्रधानमन्त्री सुशील कोइरालाको निधन महाधिवेशनका सबै प्रक्रिया स्थगित


२६ माघ, काठमाडौं । नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री सुशील कोइरालाको निधन भएको छ । सोमबार राति १२ः५० मा महाराजगञ्जस्थित निवासमै कोइरालाको निधन भएको कांग्रेस महामन्त्री प्रकाशमान सिंहले अनलाइनखबरलाई जानकारी दिए ।

बयोबृद्ध कोइराला ७९ वर्ष पूरा भई ८० लागेका थिए । उनी केहि दिनदेखि निमोनिया र ज्वरोका कारण अस्वस्थ थिए । रातिदेखि नै कोइराला निवासमा कांग्रेस नेता कार्यकर्ताहरु भेला भएका छन् ।
महाधिवेशनका सबै प्र्रक्रिया अर्को सूचना नभएसम्मका लागि स्थगित गर्ने कांग्रेसले निर्णय गरेको छ ।

साभारः अनलाइन खबर