भारतका चर्चित कमेडियन कपिल शर्माले बम्बे हाईकोर्टबाट राहत पाएका छन् । कपिलको अपीलमा सुनुवाई गर्दै अदालतले बीएमसको नोटिसलाई २३ नोभेम्बरसम्म रोक लगाएको छ ।
कपिलले आफ्नो अफिसमा कथित अवैध भाग हटाउने नोटिसविरुद्व बम्बे हाईकोर्टमा चुनौती दिएका थिए ।
बृहन्नमुम्बई नगर निगम (बीएमसी)ले पछिल्लो महिना कपिल शर्मालाई उनको गोरगाउँस्थित फ्याटमा अवैध निर्माण गरेको भन्दै नोटिस पठाएको थियो । नोटिसमा भनिएको थियो, निगमले वर्सोवास्थित अफिसको अवैध भाग भत्काउनेछ ।
यो नोटिस त्यसबेला गएको थियो, जसको केही घन्टा अघि मात्र उनले ट्वीटमार्फत बीएमसीका अधिकारीलाई ५ लाख घुस लिएको आरोप लगाएका थिए । उनले प्रधानमन्त्री मोदीलाई ट्याग गर्दै लेखेका थिए, मोदीजी, मैले पछिल्लो ५ वर्षमा सरकारलाई १५ करोड आयकर दिएको छु । तर, यसपछि पनि मैले अफिस खोल्नका लागि बीएमसीलाई ५ लाख घुस दिनु परेको छ ।’
उनले मोदीको अच्छे दिनमा ट्वीटमार्फत प्रश्न गरेका थिए, के याही हो तपाईको अच्छे दिन ?
बीएमसीले भने अवैध निर्माण कपिलको अफिसमा मात्र नभएर अपार्टमेन्टमा पनि भएको बताएको छ । र, उसले गत महिना कपिलविरुद्ध ओशीवडा थानमा अवैध निर्माणलाई लिएर मुद्धा समेत हालेको थियो ।
साभारः अनलाइन खबर



Prawash Kumar Shakya । १ कार्तिक २०७३, सोमबार १४:२० बजे