
केही समय अगाडी हाम्रो देशमा भएको नाकाबन्दीको समयमा फोटो पत्रकारहरुको भोगाई अनी घटनाको विषयलाई लिएर बनाईएको नेपाली कथानक चलचित्र साढे ७ को ट्रेलर सार्वजनिक गरिएको छ ।
साम्तेन भुटियाको कथा, पट्कथा, सम्पादन र निर्देशन रहेको चलचित्रलाइ ब्ल्याक पिपर्स स्टुडियोका डिजे सन्तोष, सत्य-स्वरुप, सुनिल थापा र नरेशदेव पन्तको संयूक्त लागानीमा साढे ७ तयार पारिएको डिजे सन्तोषले बताउनुभयो ।
गायक सत्यराज आचार्य चलचित्रमा फोटो पत्रकारको भूमिकामा देखापरेका छन् त्यसैगरि चलचित्रमा सुनिल थापा, मेनुका प्रधान, शिशिर वाङदेल, कामेश्वर चौरसिया र सुप्रिया कटुवाल लगायत कलाकारहरुको अभिनय रहेकोछ ।
चलचित्र आउँदो मंसिर १५ गतेदेखि प्रदर्शनमा आउने डिजे सन्तोषले बताउनुभयो ।



Prawash Kumar Shakya । २३ भाद्र २०७४, शुक्रबार ०१:५१ बजे