मिलन श्रेष्ठ
११ माघ सुर्खेत
वनमन्त्री अग्निप्रसाद सापकोटासँग काँक्रेविहार वन क्षेत्रको संरक्षणका लागि मागपत्र पेश गरिएको छ । वीरेन्द्रनगर-१७ लाटीकोइली स्थित काँक्रेविहार पुग्नुभएका मन्त्री सापकोटालाई शिवविहार पुस्तकालय लाटीकोइलीले वन संरक्षणका लागि मागपत्र पेश गरेको हो ।
पुुस्तकालयले काँक्रेविहार बनबाट चोरी शिकारी बढेको भन्दै उक्त संरक्षित वनको संरक्षणका लागि बारबन्देज गर्नकालागि नेपाल सरकारसँग माग गरेको हो । वनभित्र रहेका विभिन्न बन पैदावरका सामाग्री तथा दुर्लभ बन्यजन्तुको चोरी निकासी बढेकोमा पुस्तकालयले चिन्ता समेत व्यक्त गरेको छ ।
मागपत्रमा खुला वन क्षेत्र भएका कारण स्थानीयबासी तथा विभिन्न क्लबले बन संरक्षणको प्रयास गरे पनि चोरी निकासी नियन्त्रणमा आउन नसकेको उल्लेख गरिएको छ । चारैतिर तारबार गर्बान सकेको खण्डमा वनका चोरी निकासी धेरै हदसम्म रोकिने विश्वास गरिएको छ । त्यस्तै मागपत्रमा काँक्रेविहारको भग्नावशेष पुनर्निर्माणका लागि सरकारले बजेट विनियोजन गरेको प्रति सरकारलाई धन्यवाद समेत ज्ञापन गरिएको छ ।




Milan Shrestha । १२ माघ २०७२, मंगलवार १३:४६ बजे