१ पौष सुर्खेत । बौद्ध ग्रामिण बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड सुर्खेतले आज वीरेन्द्रनगरमा आफ्ना लघुवित्त तर्फका विषेश सदस्यहरुको समिक्षा गोष्ठी सम्पन्न गरेको छ । कार्यक्रमका सभापती बौद्ध ग्रामिण बहुउद्देश्यीय सहकारी संस्था अध्यक्ष पञ्चसिंह रोकायले बौद्ध ग्रामिण सहकारी संस्थालार्इ उत्कृष्ट एवं नमुना सहकारी बनाउनकालागि लघुवित्त कार्यक्रम मार्फत सदस्यहरुलार्इ ऋण लागानी गरेको बताउनुभयो ।

साथै रोकायले संस्थाले लगानी गरेको ऋणलार्इ सदस्यहरुले सही ठाँउमा लगानी गरि नाफा नोक्सान हिसावकिताव राखी राम्रो संग जिवनयापन गर्न सक्ने र आफ्ना सदस्यहरुले त्यो कार्य गरिरहेको जानकारी दिनुभयो । त्यसै गरि संस्थाका सचिव पासाङ्ग महतराले संस्थाले अहिले सम्म विना धितो साढे ३ लाख सम्म ऋण प्रदान गरिरहेको र यो कार्यलार्इ अझै बढी अगाढी बढाउन धेरै भन्दा धेरै विना धितो ऋण प्रवाह गर्ने योजना रहेको बताउनुभयो ।
त्यस्तै संस्थाका बरिष्ठ प्रबन्धक विशाल के.सी.ले कुनैपनि संस्थाका सदस्य अनुशासित भर्इ काम गरेमा वित्तिय अनुशासनले सदस्य र संस्थाको प्रगती भएको कुरा बताउनुभयो । संस्थाले कृषि उत्पादनमा बढी जोड दिदै हाल संस्थाले आफ्नै भवनमा डेरी संचालन गरेको र डेरी संचालनका लागि संस्थाले कृषकमा हरुमा समेत लगानी गरेका बताउनुभयो ।
संस्थाका संचालक समितिकिा सम्पूर्ण सदस्य तथा १७५ जना सहभागी रहेको कार्यक्रमको संचालन संस्थाका आन्तरिक लेखा परिक्षक राम सुवेदीले गर्नुभएको थियो ।



Prawash Kumar Shakya । १ पुष २०७३, शुक्रबार १४:४३ बजे