रुकुम, ७ वैशाख ।
जिल्ला शिक्षा कार्यालय रुकुमअन्तर्गत विभिन्न स्रोत केन्द्रले विद्यार्थी भर्नाका लागि यस वर्षदेखि जन्मदर्ताको प्रमाणपत्र अनिवार्य गरेका छन् । जिल्लामा रहेका सबै १५ वटा स्रोत केन्द्रले भर्नाको समयमा जन्मदर्ताको प्रमाणपत्र पेस गर्नुपर्ने नियमलाई अनिवार्य गरेका हुन् । जन्मदर्ताको प्रमाणपत्रबिना नाम, थर तथा विद्यार्थीको अभिलेख फरक पर्ने भन्दै त्यसको एकरूपताका लागि भर्नाको समयमा जन्मदर्ता प्रमाणपत्र अनिवार्य गर्न सुरु गरेको सम्बन्धित केन्द्रहरूले बताएका छन् ।
अधिकांश विद्यार्थीले समयसमयमा नाम, थर र जन्ममिति परिवर्तन गर्ने गरेको पाइएकाले विद्यार्थीको नागरिकता तथा अन्य प्रमाणपत्रमा समेत नाम, थर र जन्ममिति फरक पर्न नदिन विद्यार्थी भर्नाको क्रममा जन्मदर्ताको प्रमाणपत्र अनिवार्य गरेको चौरजहारी स्रोत केन्द्रका स्रोत व्यक्ति गोपाल पोखरेलले बताउनुभयो । स्रोत केन्द्रअन्तर्गतका विद्यालय व्यवस्थापन समिति अध्यक्ष र प्रधानाध्यापकहरूको बैठकले यस वर्षदेखि भर्ना अभियानका क्रममा जन्मदर्ताको प्रमाणपत्र अनिवार्य पेस गर्नुपर्ने निर्णय गरेका छन् ।
जिल्ला शिक्षा अधिकारी हरिहर धितालले जिल्लाभर जन्मदर्ता प्रमाणपत्रको आधारमा विद्यार्थी भर्ना भइरहेको अनौपचारिक जानकारी पाइए पनि यस्तो गर्न शिक्षा कार्यालयले भने केही नभनेको बताउनुभयो । स्रोत केन्द्रहरूले थालेको यो कार्य सकारात्मक भएको जिशिअ धितालको भनाइ छ ।

Milan Shrestha । ७ बैशाख २०७०, शनिबार १२:१६ बजे