स्वास्थ्यकर्मी र सुरक्षाकर्मीलाइ विशेष सुविधाः मुख्यमन्त्री शाही (भिडियो सहित)


१४ चैत्र, सुर्खेत । कोरोना भाइरस (कोभिड-१९) को महामारी रोकथाममा खटिने स्वास्थ्यकर्मी र सुरक्षाकर्मीलाई कर्णाली प्रदेश सरकारले थप तलव सुविधा उपलब्ध गराउने भएको छ ।

कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले शुक्रबार कर्णालीबासीको नाममा सम्बोधन गर्दै यस्तो घोषणा गरेका गर्नुभएको हो । सुरक्षाकर्मीले पनि सुरु तलवको ५० प्रतिशत थप तलव सुविधा पाउने भएका हुन् । ,‘कोरोना रोकथामको कार्यलाई प्रभावकारी बनाउन स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको भूमिका महत्वपूर्ण छ, यो कार्यलाई थप प्रभावकारी बनाउने प्रोत्साहन भत्ता उपलब्ध गराउने घोषणा गर्दछु।’ मुख्यमन्त्री शाहीले भन्नुभयो ।