माघीले सबै नेपालीमा मेलमिलाप कायम गर्न सकोस् : राष्ट्रपति



काठमाडौँ, १ माघ । राष्ट्रपति विद्यादेवी भण्डारीले मकर सङ्क्रान्ति तथा थारु, छन्त्याल र मगर

समुदायको महान् पर्व माघीका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीमा सुख, शान्ति, समृद्धि, सुस्वाथ्य, भाइचारा एवम् उत्तरोत्तर प्रगतिका लागि शुभकामना व्यक्त गर्नुभएको छ । उहाँले आज शुभकामना सन्देश दिँदै मनोरञ्जनपूर्वक खुसी साटासाट गरी मनाइने सम्पूर्ण नेपालीको साझा मकर सङ्क्रान्ति र माघी पर्वले नेपालीबीच बन्धुत्व, एकता र सद्भाव कायम राख्न मद्दत पु¥याउने विश्वास व्यक्त गर्नुभएको छ । मुलुकमा मनाइने यस्ता चाडपर्व र संस्कृतिको संरक्षण तथा सम्वद्र्धन गर्नु दायित्व हो”–सन्देशमा भनिएको छ ।

सन्देशमा राष्ट्रपतिले यस पर्वले सबै नेपालीमा उत्साह भर्न र हर्षोल्लास तथा शान्तिको सन्देश फैल्याउन मद्दत पु¥याउनाका साथै सबै नेपालीबीच शान्ति, एकता, सद्भाव, मित्रता, मेलमिलाप र सहिष्णुता कायम गर्न सकोस् भन्ने कामना गर्नुभएको छ ।

द्रुततर आर्थिक विकासको आवश्यकता यसैगरी उपराष्ट्रपति नन्दबहादुर पुनले देशविदेशमा रहेर यस पर्वलाई मनाउने सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइमा शुभकामना व्यक्त गर्दै यस्ता पर्वका माध्यमबाट नेपालीबीच आपसी सद्भाव, सहिष्णुता र भाइचाराको अभिवृद्धि हुँदै जाने विश्वास व्यक्त गर्नुभएको छ ।
सन्देशमा उहाँले संविधानसभाबाट संविधान जारी गर्ने झन्डै सात दशकदेखिको नेपाली जनताको चाहना पूरा भएकाले अब द्रुततर आर्थिक विकास, प्रगति र समृद्धि नै मुलुकको आवश्यकताका रुपमा रहेको उल्लेख गर्नुभएको छ ।
लोकतान्त्रिक विधि, प्रक्रियाको अवलम्बनका साथै आपसी संवाद र सहमतिबाट नै नेपाली जनताका विभिन्न कठिनाइ र समस्याको समाधान गर्दै नेपालको समुन्नति र समृद्धि प्राप्त गर्न सकिने र संविधान जारी भइसकेपछिको अवस्थामा देशका विभिन्न भागमा देखिएका साना ठूला असन्तुष्टि र देशका विद्यमान सङ्कट पनि चाँडै अन्त्य हुने विश्वास उहाँले व्यक्त गर्नुभएको छ ।
साभारः नेपाली समाचार डटकम