कालिकोटमा ३०४ जनाको रक्त समुह परीक्षण


कालिकोटका नागरिक उत्साहित

वीर फाउन्डेसन कालिकोटको आयोजना र पूनम फाउन्डेसन सुर्खेतको समन्वयमा कालिकोटको खाडाचक्र मान्ममा यही १६ मंसिर १६ गते शनिवार सामुहिक रक्त समूह परिक्षण शिविर सम्पन्न गरिएको छ । शिविरमा जिल्ला अस्पताल कालिकोटको प्राविधिक सहयोग गरेको वीर फाउन्डेसनका अध्यक्ष रमितकुमार मल्लले जानकारी दिए ।
कार्यक्रममा समुदायका नागरिकहरुलाई सडक नाटकले जिल्लामा रगतको अवस्थाबारे जानकारी दिइएको पुनम फाउन्डेसन सुर्खेतका अध्यक्ष पुनम बि.सी.ले जानकारी दिए । ‘तत्काल रगत आवश्यकताको समयमा कालिकोटमा सहज, सरल रुपमा रक्तदाता उपलब्धताको लागि निशुल्क रक्तसमुह परिक्षणद्वारा ३०४ जना रक्तदाताको विवरण संकलन गरिएको र नागरिकहरुको यो उत्साहले हाम्रो अभियानमा जगको काम गरेको अध्यक्ष विसीले बताए ।’
कालिकोटका प्रमुख जिल्ला अधिकारी वद्रिनाथ गैरेले युवाहरुको तत्परतामा आफूले सक्दो सहयोग गर्ने र यो अभियान जिल्लामा निरन्तर रहने आशा राखेको बताए ।
रणसुर गुल्म कालिकोटका गुल्मपति विज्ञान खनालले  नेपाली सेनामा रहका जवानको आवश्यकता यो अभियानमा रहेमा आफू २४ सै घण्टा तत्पर रहेको बताए ।
त्यस्तै रेडक्रसको जिल्ला सभापति बलप्रसाद सञ्जालले यो कार्यक्रमले रेडक्रसको जिम्मेवारी बोध बनाएको बताउँदै यो अभियानमा हरेक नागरिकको सहयोग आवश्यक रहेकाले सबैले सहयोग गर्न आग्रह सञ्जालले गरे ।