सहकारी व्यवस्थानपन तालिम सुरु


मुना हमाल ।
सुर्खेत, ३ असार ।
यूएसएआइडीको आर्थिक सहIMG_20160717_105821योग, पहल परियोजनाको व्यवस्थापनमा र सुन्दर नेपाल संस्थाको आयोजनामा सहकारी अगुवाहरुलाई सहकारी व्यवस्थापन सम्बन्धि तीन दिने तालिम आइतबारदेखि वीरेन्द्रनगरमा सुरु भएको छ । कृषि स्वास्थ्य तथा बैकल्पिक जीबिकोपार्जन प्रबद्र्धन कार्यक्रम (पहल) परियोजना लागु भएको गाविसमा रहेका सहकारीका अगुवाहरुलाई तालिमको आयोजना गरिएको हो ।
सहकारी डिभिजन कार्यालय सुर्खेतका प्रमुख देविप्रसाद पौडेलले अब सहकारीहरुको गुणात्मक विकासका लागि सहकारी अगुवाहरु लाग्न जरुरी रहेको बताए । उनले जिल्लामा केही सहकारीहरु व्यवस्थित भएर सञ्चालन नभएकोले क्षमता अभिवृद्धि तालिमहरु दिन आवश्यक रहेको बताए ।  ‘अहिलेको अवस्थामा सहकारी संस्थाको क्षमता कसरी अभिवृद्धि गर्न सकिन्छ भन्ने तर्फ सोँच्न जरुरीइ छ’ उनले भने, ‘ सहकारीहरु जिल्लामा धेरै स्थापना भइसकेका छन् अब क्षमता अभिवृद्धि गर्न जरुरी रहेको छ ।’ उनले कानुन बमोजिम दर्ता भएका सहकारीहरु नियमित रुपमा लेखापरीक्षण र साधारण सभा नगर्दा खारेजी हुन पुगेको भन्दै यस्तो विषयमा सचेत गराउन आवश्यक रहेको बताए ।  सहरकारी संस्थ्थाको मुख्य उद्देश्य शेयर सदस्यहरुको सामिाजिक आर्थिक जिवन स्तर सुधार गर्ने भएकोले अब सहकारी दर्ता गर्नु भन्दा पनि भएका सहकारीहरुलाई सशक्त गराउन तर्फ लाग्नु पर्ने बताए ।
यस्तै राष्ट्रिय सहकारी बैंकका केन्द्रीय सदस्य हरिहरनाथ योगीले सहकारीहरुको संख्या अनुसार क्षमता अभिवृद्धि हुन नसकेको भन्दै अब सहकारीहरुलाई शसक्त बनाउन तर्फ लाग्नुपर्ने बताए । ‘समाजमा आर्थिक रुपान्तरण र समृद्धमा अर्थ जोडिन्छ’ उनले भने, ‘त्यसैले सहकारीहरुलाई शसक्त गराउन आवश्यक छ, यसलाई गाउँमा रहेका जनताको पहुँच पु¥याउन आवश्यक छ ।’ उनले सहकारी स्थापना भएपनि सबैलाई सहभागिता गराउन नसकेको भन्दै सहकारीको मुल्य मान्यतामा रहेर एकता, सहभागितामा जोड दिनुपर्ने बताए । उनले सहकारीलाई पार्दशि रुपमा संचालन गर्न आवश्यक रहेको बताए ।
सहकारी सहायक निरिक्षक गणेश खड्काले सहकारीको क्षमता अभिवृद्धि तालिम लिइसके पछि तालिममा सिकेका कुराहरुलाई व्यवहारमा सहभागीहरुलाई  गर्न सुझाव दिए ।  तालिमलाई व्यवहारमा लागु गर्नपर्ने बताए ।
तालिममा परियोजना लागु भएका गाविसमा २० जना सहकारी अगुवाहरुको सहभागिता रहेको छ । पहल परियोजना काफलकोट, रानिबास, रजेना, नेटा, धारापानी, लेखपराजुल, लगाम, वेतान, बिजौरा, तातापानी, घाटगाउँ र छाप्रेमा लागु भएको छ । संस्थाको अध्यक्ष हेमप्रकाश भुसालको अध्यक्षताम भएको तालिममा पहल परियोजनाका जिल्ला संयोजक  शुभा विक, कार्यक्रम संयोजक भिम बस्तोलालगायतको उपस्थित रहेको थियो ।