प्रधानमन्त्रीले चित्त दुखाउँदै भने-घरघरमा ग्यासको पाइप पुर्‍याउँछु भन्दा जिब्रो थुत्न खोजियो



२८ पुस, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले घरघरमा पाइपबाट ग्यास पुर्‍याउँछु भन्दा आफ्नो मजाक उडाइएको भन्दै गुनासो पोखेका छन् ।

राजधानीमा मंगलबार नेपाल प्रज्ञा प्रतिष्ठानको ३० औं साधारणसभालाई सम्बोधन गर्दै ओलीले भने- अलिकति समय पर्खनुस्, ग्यास पुग्दो बनाएर अबको जमाना भनेको काँधमा ग्यास सिलिण्डरबोकेर हिँड्ने होइन, चुला-चुलामा पाइप पुर्‍याउने हो, त्यो व्यवस्था गर्छुभनेको, बाहिर निस्किएपछि जिब्रो थुतौंलाझै गर्न थाले ।
आफूले हावाबाट बिजुली निकाल्छु भन्दा गज्जब हावादारी कुरा गरे भनेर उडाएको उनले सुनाए । प्रधानमन्त्री ओलीलेदेशलाई अगाडि बढाउँछु, धनी बनाउँछु भन्न नपाउने भए पनि गरी छाड्ने बताए ।
प्रधानमन्त्रीले मात्र नेतृत्व गर्छु भन्ने हो भने यहाँ त सेकुवा बनाउने रहेछन्ओलीले भने- साहित्यकारहरुले पनि नेतृत्व गर्नुपर्छ ।
साभारः अनलाइन खबर