
बलिउड बादशाह शाहरुख खान सफल अप्रेसनपछि निवास फर्किएका छन्। चेन्नई एक्सप्रेसको एक दृश्यका लागि छायांकन गर्ने क्रममा उनको दायाँ हातमा चोट लागेपछि डाक्टरले उनलाई अप्रेसन गर्ने सल्लाह दिएका थिए। व्यस्तताका कारण शाहरुखले लामो समयपछि हालै मात्र अप्रेसन गराएका थिए।
उनलाई डाक्टरले कम्तीमा ६ हप्ता आराम गर्न सुझाएको एजेन्सीले जनाएको छ। लीलावती अस्पतालबाट फर्कने क्रममा शाहरुखले आफन्त र फ्यानलाई भनेका छन्– ‘तपाईंहरु सम्पूर्णलाई मुरीमुरी धन्यावाद दिन चाहन्छु। म अहिले तपाईंहरूको माया र आशिर्वादले ठीक भएको छु।’
Milan Shrestha । १८ जेष्ठ २०७०, शनिबार १५:१६ बजे