
सुर्खेत, १७ भदौ । आरङ्ग नेपाल तथा जन नाट्य मन्च सुर्खेतको आयोजनामा आज वीरेन्द्रनगरमा धेरै समय पछि नाटक वाकस मञ्चन गरिएको छ । हिन्दु नारीहरुको महान चाड तीजको अवसर पारेर रंगकर्मी सुर्खेतका स्थानीय कलाकार गणेश गौतमको लेखन तथा निर्देशनमा नाटक मञ्चन गरिएको हो
तीजमा नारीहरुले गहना लगाउनेमा गर्ने होडबाजीलाई जनचेतना जगाउने मुख्य सन्देश दिएको नाटक बाकसमा माया थापा, खुमलाल न्यापाने, संञ्जिता सुनार, एलिसा घर्ती, अनिता खड्का र सम्झना सुनारको अभियन रहेको थियो ।
अकबर खान ज्ञानबहादुर नेपाली दिपक नेपाली र नवराज खनालको सहभागितामा तिलक पौडेलले नाटकको व्यवस्थापन गर्नुभएको नाटक बाकसमा सुर्खेत स्थित विभिन्न ब्यापारिक तथा शैक्षिक संस्थाले सहयोग रहेको व्यवस्थापक पौडेलले जानकारी दिनुभयो ।



Prawash Kumar Shakya । १७ भाद्र २०७३, शुक्रबार १६:३२ बजे