दिपाश्री निरौलाको डेब्यू निर्देशन रहेको फिल्म ‘छक्का पञ्जा’ दुई दिनमै करोड क्लबमा प्रवेश गरेको छ । पहिलो दिन ३२ लाखको विजनेस गरेको फिल्मले दोश्रो दिन मात्रै ९० लाख बढिको विजनेस गरेको हो ।शनिबार प्रायः सबैजसो हलमा हाउसफुल विजनेस गरेको फिल्मले राजधानीबाट मात्रै ५० लाख बढिको विजनेस गरकेो थियो । फिल्मलाई मोफसलका दर्शकले पनि उत्तिकै रुचाएका छन् ।
माउथ पब्लिसिटी उच्च भएका कारण फिल्मले आईतबार पनि राम्रो विजनेस गरेको छ । आईतबारको पुर्णतः विजनेस रिपोर्ट प्राप्त छैन् । तर मल्टिप्लेक्समा फिल्मप्रति दर्शकको चाप बिदाको दिन नपर्दा पनि तुलनात्मक रुपमा उच्च छ ।
‘छक्का पञ्जा’मा दिपकराज गिरी, प्रियंका कार्की, केदार घिमिरे, बर्षा राउत, नम्रता सापकोटा, शिवहरी पौड्याल, जितु नेपाल, बुद्धि तामाङ लगायत अभिनयमा छन् । यो टिमले यसअघि नै बनाएका दुई फिल्म बक्सअफिसमा हिट लिस्टमा छन् ।
साभारः फिल्मीखबर अनलाइन



Prawash Kumar Shakya । २६ भाद्र २०७३, आईतवार १५:४६ बजे