डिजे सन्तोषको गितको भिडियो सार्वजनिक (भिडियो सहित)


२८ चैत्र, काठमाडौं । एक समय थियो जुनवेला रिमिक्स गरिएका गितहरुको बजार थियो । त्यती वेला धेरै जनाले डिजेका रुपमा उदाय । त्यहि भिडमा एउटा फरक डिजेको उदय भयो । जुन थिए सुर्खेतका यूवा सन्तोष सुबेदी ।

डिजे सन्तोषको पहिलो रिमिक्स गित ‘चियाबारीमा हो चियाबारी’ यो गितले निक्कै नै चर्चापायो । चाहे जुनसुकै पार्टी हो यो गित नबजेको ठाँउ नै हुन्थेन । हुनत सन्तोषले आफ्नो पहिलो एकल एल्वम ननिकाल्नु भएको होइन । तर जब डिजे क्षेत्रमा सन्तोषको पाइला बढ्यो अनी चर्चाको शिखर कहिले कम भएन । डिजे सन्तोषले आफूले बनाएका गितहरुमा आफैले स्वरसमेत भर्नुहुन्छ । प्राविधिक पक्षलाई सँधै बलियो बनाउन कुनै कमि हुन नदिने उहाँ बताउनुहुन्छ ।

धेरैपछि डिजे सन्तोषले अहिले आफ्नो एल्बम्  ‘एडिक्सन-२’ को गित ‘जिन्दगानी ए लै लै………..’ बोलको रिजा उप्रेती र स्वयम् आफ्नो स्वर रहेको गितको आज युट्यूवबाट भिडियो सार्वजनिक गर्नुभएको छ । अधिकान्स दृश्य सुर्खेतकै रहेको गितमा कोरियग्राफी सुर्खेतकै चर्चित नृत्यङ्गना तासा (सिता) भण्डारीले गर्नुभएको छ भने प्रोडक्सन डिजाइनरमा निर्मल प्याकुरेल हुनुहुन्छ भने कार्यकारी निर्मातामा सुर्खेतकै रेशम कुमार र मानव जङ्ग शाह हुनुहुन्छ ।

यो गितको भिडियोले अहिलेको यो समयमा पक्कै पनि केही रमाइलोपन दिनेछ भन्ने विश्वास मैले लिएको छु । डिजे सन्तोष भन्नुहुन्छ।