पुरीको अन्त्यस्टी ।


सुर्खेत,२५ चैत।

गत मंगलवार कोहलपुर–नेपालगंज सडक खण्ठमा स्कोरपियोको ठक्करबाट  दूर्घटना भई उपचारका क्रममा मृत्यु भएकासुर्खेतका युवा प्रतिभा तथा व्यवसायी चेतन पुरीको बिहिबार अन्त्यस्टी गरिएको छ 17796320_1796306730688523_2432921575686833175_n
सुर्खेतबाट नेपालगञ्ज जाँदै गरेको भे ५ प ९२७६ नम्बरको मोटरसाईकल कोहलपुर नगरपालिकाको हवल्दापुरमा दुर्घटना हुँदा उपचारको क्रममा पुरीको मृत्यु भएको थियो । पुरीसंगै यात्रा गरिरहेका  कवि गिरी भने घाइते छन् र हाल उनको उपचार भईरहेको छ ।

पुरीले चलाइरहेको मोटरसाईकललाई नेपालगञ्जबाट कोहलपुरतर्फ आउँदै गरेको बा १६ च २२१४ नम्बरको स्कोरपियोले ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी  प्रमुख टेकप्रसाद राईले जानकारी दिए । उनीहरुलाई  मंगलवार साँझ करिव साढे पाँच बजे स्कोरपियोले ठक्कर दिएको थियो ।

प्रहरी प्रमुख राईका अनुसार दुर्घटनामा गम्भीर घाईते पुरी र गिरीको उपचारको लागि मेडिकल कलेज कोहलपुर लगिएको थियो ।  कोलपुरमा उपचार सम्भव नभएपछि थप उपचारको लागि नेपालगञ्ज मेडिकल कलेजमा रिफर गरिएको थियो ।  सुर्खेत वीनपा १ धारापानी निवासी पुरी गित संगित र अभिनय क्षेत्रमा रुची राख्थे । उनी राष्ट्रिय लोकदोहोरी गित प्रतिष्ठान भेरी अञ्चल उपाध्यक्ष थिए । मृत्यु पश्चात बिहिबार नेपालगंजबाट उनको गृह जिल्ला सुर्खेत ल्याई बिहिबार सांझ 16807617_1885321421701240_575768155655324524_nनै हिन्दु परम्परा अनुशार सुर्खेत जिल्लाको पश्चित गिरीघाटमा अन्त्यस्टी गरिएको थियो ।