
१३ असार, सुर्खेत । सुर्खेत बहुउद्देश्यीय सहकारी सँस्था लिमिटेडकाे शेयर सदस्य राहत कार्यक्रम अन्तर्गत सँस्थाका शेयर सदस्य रामबहादुर शाहकाे परिवारलाई राहत रकम हस्तान्तरण गरेको छ ।
संस्थाका शेयर सदस्य शाहको कालगतिका कारण मृत्यु भएकाे थियाे । मृतक शाहकाे पत्निलाई राहत रकम बापत रू ५० हजार सहकारीले हस्तान्तरण गरेको हो ।
सहकारीमा सँस्थाका सदस्यहरूलाई सदस्य कै शेयर पूँजिकाे आधारमा १० हजार देखि ९० हजार सम्म राहत रकम उपलब्ध गराउने प्रावधान रहेकाे छ । सँस्थाले यश अघि नै सुत्केरि राहत, दुर्घटना बीमा कार्यक्रम शुरु गरिसकेको छ । यसैगरि यसै आर्थिक बर्ष देखि सदस्य स्वास्थ्य बीमालाई शुरू गर्दै छ ।
राहत बितरण कार्यक्रममा सँस्थाका अध्यक्ष गणेश कुमार बस्नेत, सचिव दिपेन्द्र ढकाल, काेषाध्यक्ष सुरेशबहादुर गाैतम र सँचालक सदस्य महेश्वर तिवारिकाे उपस्थितीमा स्वास्थ्य मापदण्ड अपनाई राहत बितरण गरिएकाे सँस्थाका प्रबन्धक प्रवेशमान मानन्धरले जानकारि दिनुभयो।



Prawash Kumar Shakya । १३ असार २०७८, आईतवार १७:१० बजे