वीमा सम्बन्धि ३ दिने अभिमुखिकरण गोष्ठी


सुर्खेत, २३ साउन  ।
यूएसएआइडीको आर्थिक सहयोग, पहल परियोजनाको व्यवस्थापन, सुन्दर नेपाल संस्थाको सहजीकरणमा संचालित कृषि, स्वास्थ्य तथा बैकल्पीक जीविकोपार्जन प्रवर्धन कार्यक्रम (पहल) परियोजना अन्तर्गत साउन २३ गते सोमबार देखि सहकारीहरुका लागि वीमा अभिमुखीकरण सम्वन्धी ३ दिने कार्यशाला गोष्ठि सुर्खेतको वीरेन्द्रनगरमा शुरु भएको छ  ।

तालिम पहिलो दिनको सहजीकरण जिल्ला पशु सेवा कार्यालयका पशु चिकित्सक नारायणप्रसाद न्यौपाने, एभरेष्ट वीमा कम्पनी लि. शाखा सुर्खेतका प्रमुख गणेशबहादुर वलीले  गरेका थिए । IMG_6806
पशु चिकित्सक न्यौपानेका अनुशार वाली वीमा तथा पशु वीमाको बारेमा पूर्ण रुपमा जानकारी सहित वीमा गर्ने प्रक्रियका बारेमा गाऊका कृषकहरु लाई थाहा नहुदा कृषकहरुले धेरै ठुला–ठुला क्षतिहरु ब्यहोरी मर्कामा परेको बताए । उनले यो गोष्ठीले राम्रो सन्देश र वीमाका बारेमा जानकारी पाउने बताउदै पछिल्लो दिनहरुमा  आएर वीमा झन्झटिलो र वीमा गर्ने व्यक्तिहरु भेटिन गाह्रे छ भन्ने कुरालाई नेपाल सरकारद्धारा मान्यता प्राप्त वीमा गर्ने अभिकर्ताहरु  प्रत्येक गाऊमा १–१ जना भएकोले अबका दिनहरुमा  वीमा प्रतीको जानकारी सहित  धेरै कृषकहरु लाभान्वित हुने छन् ।

कार्यशालामा सुर्खेत, दैलेख र जाजरकोट जिल्लाका गरी २४ जनाको सहभागीता रहेको छ ।
यस्तै कार्यक्रममा प्रमुख अतिथि पहल कार्यक्रमका  जिल्ला संयोजक भीमराज वास्तोलाले कृषि स्वास्थ्य तथा बैकल्पिक जीविकोपार्जन प्रबद्र्धन कार्यक्रम (पहल)को बारेमा जानकारी दिएका  थिए  । मध्य तथा सुदुरपश्चिमका पहाडी तथा हिमाली भेगका विपन्न र कुपोषण ग्रस्त समुदायहरुमा संकटासन्न घरपरिवारको जीविकोपार्जन तथा पोषणको स्थितिमा सुधार ल्याउने र विपदको प्रभावलाई न्युनिकरण, अनुकुलन पुर्नलाभ गराउन घरपरिवारको क्षमता अभिवृद्धि गर्ने उद्देयश्ले पहल कार्यक्रम सञ्चालन भएको बताए् ।  मध्य र सुदुरपश्चिमका  १४ जिल्लामा सञ्चालन भएको पहल कार्यक्रम सन् २०१९ सम्म सञ्चालन हुने छ । IMG_6793
सुन्दर नेपाल संस्थाका अध्यक्ष हेमप्रकाश भूषालकोे अध्यक्षतामा सम्पन्न कार्यक्रममा संस्थाका कार्यकारी निर्देशक भुपेन्द्र प्रसाद कडेंलले स्वागत मन्तव्य दिएका थिए । कार्यक्रमको सहजीकरण पहल परियोजनाका बित्तिय सेवा अधिकृत मिलन श्रेष्ठले गरेका थिए ।