
२८ जेठ, सुर्खेत । कर्णाली राजधानी सुर्खेतको वीरेन्द्रनगरमा विद्युतको समस्या समाधानको पहलमा सुर्खेत उद्योग बाणिज्य संघ लागि परेको छ ।
यही २६ गते संघका अध्यक्ष लक्ष्मण कँडेलको समूहले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ्ग संग टेलिफोन मार्फत सुर्खेतको विद्युतको समस्या राख्नुभएको थियो जवाफमा निर्देशक घिसिङ्ग सकारात्मक रहनुभएको थियो ।
संघले आज पनि विद्युत समस्या समाधान गर्न विद्युत प्राधिकरण सुर्खेतमा विभिन्न निकाय संग पहल गरेको थियो । अध्यक्ष कँडेल र महासचिव भद्र भण्डारीले चाँडै भन्दा चाँडै नै विद्युत समस्या समाधान गर्नकालागि आफूहरुले सम्वन्धित निकायमा पहलकदमी चालेको बताउनुभयो ।
संघका अध्यक्ष कँडेलले सुर्खेतको विद्युतको दिगो समाधानकालागि १३२ केभी प्रसारण लाइन निर्माणकालागि वन मन्त्रालय लगाएत सम्वन्धित ठाँउमा विषेश पहल गरिरहेको बताउनुभयो । उहाँले भन्नुभयो “हाम्रो सम्वन्धित निकायमा वार्ता भए अनुरुप करिब १८ महिनामा १३२ केभी प्रसारण लाइन सुचारु हुनेछ । साथै तत्कालको भोल्टेज समस्या समाधानकालागि बर्दियाबाट ठूलो क्षमताको ट्रान्सफर्मर ल्याई सबस्टेशनमा जडान गरिने छ ।”
संघका महासचिव भण्डारी भन्नुहुन्छ “हामी १३२ केभी प्रसारण लाईन कामको रफ्तारमा हुने केही रुकावट आए सम्बन्धित निकायमा सुर्खेत उद्योग बाणिज्य संघले सहजता एवं खबरदारी गर्नेछ ।
Prawash Kumar Shakya । २७ जेष्ठ २०७९, शुक्रबार २२:३७ बजे