निजामति कर्मचारी दिवसकै दिन घुससहित समातिए तीन कर्मचारी


२२ भदौ २०७४, काठमाडौं । देशभरि निजामति कर्मचारिहरुको प्रतिवद्धता , पारदर्शिता र चुस्तता भन्ने नारा का साथ निजामति कर्मचारी दिवस मनाईरहदा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले सेवाग्राहीसँग घुस लिँदै गरेको अवस्थामा एक शाखा अधिकृतसहित तीन कर्मचारीलाई नियन्त्रणमा लिएको छ । बिहीबार बिहान आयोगले गुणस्तर तथा नापतौल विभागको ट्याक्सी–टेम्पो एकाईका निरीक्षक विकास धोजुसहित तीन कर्मचारीलाई रंगेहात पक्राउ गरेको हो ।

भक्तपुरबाट उनीहरुलाई अख्तियारको टोलीले पाँच लाख घुससहित रंगे हात पक्राउ गरेको थियो । उनीहरुसँगै सोही एकाईका सहायक निरीक्षकद्वय दुर्गाप्रसाद रेग्मी र ठाकुरराम खड्कालाई पनि ट्याक्सी मिटर पास गर्ने नाममा घुस लिइरहेको अवस्थामा भक्तपुरको सल्लाघारीबाट नियन्त्रणमा लिएको अख्तियार जानकारी दिएको छ । उनीहरूले ४ सय ५० ट्याक्सी मिटर पास गर्न ५ लाख रुपैयाँ घुस लिएको अख्तियारले जानकारि दिएको छ । मिटर पास गर्न विभाग कर्मचारीले ६ लाख ७५ हजार रुपैयाँ माग गरेका थिए ।उनिहरुमाथि थप अनुसन्धान भइरहेको अख्तियारले जानकारी दिएको छ । यसमा विभागका अन्य पदाधिकारी पनि संलग्न भएको हुनसक्ने आशंका समेत अख्तियारले गरेको छ ।

साभारःसुनगाभा टेलिभिजन सुर्खेत