मोटे ग्याङ्ग नेपाल समूहद्वारा विद्यार्थीहरुलाई सहयोग


३१ भाद्र, सुर्खेत । “शिक्षा,आजको आश्यकता” अभियान लिएर पश्चिम नेपालमा चर्चित सामाजिक सञ्जाल फेसबुकमा रहेको समूह मोटे ग्याङ्ग नेपालले बिगतका दिनमा जस्तै यसपटक पनि शैक्षिक सामाग्री तथा केही खाजाहरु वितरण गरेको छ ।

मोटे ग्याङ नेपालले वीरेन्द्रनगर १० सुर्खेतमा रहेको जन चेतना प्रा.विमा शैक्षिक सामाग्री तथा केही खाजाहरु समूहका सदस्यहरुको सहयोगमा वितरण गरेको हो ।

विद्यार्थीको आर्थिक स्थिती दयनीय रहेको उक्त विद्यालयमा विद्यार्थीहरुको पठ्न पाठनमा निकै समस्या परेको जानकारी पाए सागै विद्यार्थीहरुका लागि शैक्षिक सामाग्री उपलब्ध गराउने बाचाका साथ अभियानमा लागि परेका मोटे ग्याङ्ग नेपाल समूहका एडमिन कुमार सम्सेर थापाले बताउनुभयो ।

अभियानमा साथ र सहयोगका लागि हाल वीरेन्द्रनगर चिसापानी सुर्खेतमा रहेकोको नवपालुबा मोन्टेश्वरी प्रा.लि ले प्रतिबद्धता गरेको थापाले जानकारी दिनुभयो । विद्यालयमा कुल विद्यार्थी ६४ जना, शिक्षिका ५ जना, विद्यालयको ४, ५ र ६ मा अध्ययनरत विद्यार्थीहरु एउटै कोठामा मिलेर अध्ययन गरेको देखेपछि अभियानमा साथ दिन कर्णाली प्रदेश सरकार एवं समूहका सदस्यहरुलाई आग्रह गरिएको एडमिन थापा बताउनु हुन्छ ।