३ असोज । सुर्खेत । वीरेन्द्रनगर नगरपालिकालाई उज्यालो बनाउने कार्यक्रम अन्तर्गत आज वीरेन्द्रनगर ९ लाटीकोइलीमा छलफल कार्यक्रम सम्पन्न भएको छ ।
वीरेन्द्रनगरको ९ नं वडालाई उज्यालो बनाउनकालागि वडामा रहेका ३० वटा टोल विकास संस्थाहरुले आ-आफ्नो टोलमा रहेका सडकहरुमा पोल बत्ती जडान गरेको जनाएका छन् ।
छलफल कार्यक्रममा नगरपालिकाले वडा अनुसार छुट्याएको रकम अपुग रहेको टोल विकास संस्था अध्यक्षहरुले बताउनभयो ।
अहिले आएको बजेटबाट वडामा बत्ती जडान तथा मर्मतकालागि १ बर्ष समायवधीकालागि प्राविधिक राखिएको र बाँकी रहेको रकम दामसाही रुपमा ३० वटा टोलविकास संस्थाहरुलाई टोल विकास संस्थाहरु संग समन्वय गरि दिइएको वडा नं ९का अध्यक्ष सुरेश मानन्नधरले बताउनुभयो ।



Prawash Kumar Shakya । ३ आश्विन २०७४, मंगलवार ०९:३० बजे