कैदी थुनुवालाई हेर्ने दृष्टिकोणमा परिवर्तन ल्याउनु पर्ने प्रहरी प्रमुख शाह


पौष २६, सुर्खेत ।

कर्णाली प्रदेशका प्रहरी प्रमूख डिआइजि महेशबिक्रम शाहले कारागारमा रहेका कैदी बन्दिहरुलाई असल नागरिक बनाउनु आजको आवस्यकता भएको औंल्याउनु भएको छ । विभिन्न अभियोगमा कारागारमा बस्न बाध्यहरुलाई कारागार भित्र प्रयाप्त मात्रामा अध्ययनका लागि किताबको ब्यबस्था गरि अध्ययन गर्ने अबसर सृजना गर्नु पर्नेमा जोड दिदै प्रमुख शाहले जसका कारण कारागारबाट बाहिर निस्किदा सभ्य नागरिक भएर आउने र शान्ति सुरक्षामा उनिहरुले सहयोगी भूमिका निर्बाह गर्ने विश्वास ब्यक्त गर्नुभयो ।

कैदी थुनुवाहरुलाई हेर्ने दृष्टिकोणमा परिवर्तन गर्नुपर्ने भन्दै उहाँले कर्णाली प्रदेशका दशवटै जिल्लाहरुमा कारागारलाई किताव अभियान सञ्चालन गरिएको जानकारी दिनुभयो । मुगु र हुम्ला जिल्लामा कारागार निर्माणधिन अवस्थामा छन्, पहिलो चरणमा सुर्खेत र जुम्ला जिल्ला कारागारमा पुस्तकालाय स्थापना गर्ने तयारीमा जुटेका छौं, प्रदेश प्रहरी प्रमुख शाहले भन्नुभयो, अबको ३/४ महिनामा सबै जिल्लाहरुमा पुस्तकालयको स्थापना गरिसक्छौं ।

पुस्तकका लेखक र प्रकाशन गृहहरुले किताब सहयोग गर्ने प्रतिबद्धता सँगै किताबहरु संकलन हुने क्रम जारी रहेको जानकारी दिदै प्रमुख शाहले माघ महिना भित्र सुर्खेत र जुम्लामा पहिलो चरणमा पुस्तकालय स्थापना गरिसक्ने बताउनु भयो । नागरिक र प्रहरीको सहकार्यमा कारागारलाई किताब अभियान सञ्चालन गरेका छौं, जसका लागि जिल्ला जिल्लामा उपसमितिको समेत गठन गरेका छौं, उहाँले भन्नुभयो स्थानिय स्तरमा पनि सहयोग जुट्ने क्रम जारि छ, लेखक र प्रकाशन गृहहरुले किताब उपलब्ध गराउने बचन दिनुभएको छ, यसले हामीलाई थप हौसला मिलेको छ ।

किताबको अध्ययनले कारागारमा सुध्रिने अवसर मिल्छ, उनिहरुलाई सुधार्ने शसक्त माध्यम नै किताबको अध्ययनले हो भन्दै प्रमुख शाहले ज्ञानको अभिबृद्धि, मनोरञ्जन सँगै सकारात्मक सोचको विकास गर्न कारागारलाई किताब अभियानले महत्वपूर्ण भूमिका निर्बाह गर्ने विस्वास ब्यक्त गर्नुभयो ।

असल नागरिक बनाउन अध्ययनले भूमिका खेल्नेमा बिश्वस्त रहेका प्रदेश प्रहरी प्रमुख शाहले कारागारलाई पुस्तक अभियानले सभ्य र सुसँस्कृत समाज निर्माणमा अहम् भूमिका खेल्ने भएकाले यस अभियानलाई सफल पार्न सबैको सहयोग र साथ रहेको पनि औंल्याउनुभयो ।