
0१६ मंसिर सुर्खेत । नेपाल मजदुर किसान पार्टी सुर्खेतको चुनावी सभा आज वीरेन्द्रनगरमा सम्पन्न भएको छ ।
स्थानिय मंगलगढी चोकबाट शुरु भएको र्रयालीले वीरेन्द्रनगर बजार परिक्रमा गरि पिपल चौतारीमा सभा गरेको हो ।
सभामा बोल्दै सुर्खेत क्षेत्र नं १ का प्रतिनिधि सभा प्रत्यक्ष तर्फका नेमकिपाका उम्मेदवार जीवनकुमार शाक्यले देशमा रहेका ठूला शासक दलहरुले जनतालाई झूठा अाश्वासन बाँडी रहेको बताउँदै नेमकिपाले जहिले पनि सडक र सदनबाट देश र जनताको हितको पक्षमा मात्र आवाज उठाइ यो देशलाई माया गर्ने र बचाउने पार्टी भनेकै नेमकिपा रहेको बताउनुभयो ।
त्यस्तै अर्का सुर्खेत क्षेत्र नं २ का प्रतिनिधी सभा प्रत्यक्ष तर्फका उम्मेदवार बमबहादुर शाहीले ठूला पार्टी भनाउँदाहरुले आफु सरकारमा भएको वेला पनि आफ्ना पार्टीका नेताहरुको हत्याराहरुलाई कारवाही नगर्न सकेको र खाली हामी कारवाही गर्दछौ मात्रै भनेर कुर्लीरहेको बताउनुभयो ।
सभामा केन्द्रिय सदस्य नवराज कोइरालाले सदनमा र सडकमा जहिले पनि आफ्नो पार्टीले निशुल्क शिक्षा र मजदुर किसानमा पक्षमा आवाज उठाइरहको बताउँदै अहिले सम्म कुनै पनि पार्टीले देशको हितमा काम नगरेको जिकिर गर्नुभयो ।
सभामा नेमकिपा सुर्खेतबाट प्रतिनिधी सभा तथा प्रदेश सभा निर्वाचनका उम्मेदवार हरु तथा पार्टीका विभिन्न भातृ संगठनहरुको सहभागिता रहेको थियो ।



Prawash Kumar Shakya । १६ मंसिर २०७४, शनिबार १२:१५ बजे