सेतो पानी बग्ने कारणहरु र उपचार


अधिकांश महिला योनिबाट सेतो पानी बग्ने समस्याबाट पीडित छन् । योनि र पाठेघरमा हुने संक्रमणले महिलामा यस्तो समस्या देखिन्छ । योनिबाट सेतोपानीजस्तो पदार्थ बग्नुलाई योनिश्राव भनिन्छ। हाम्रो सामान्य शरीरक्रियासँग सम्बन्धित प्रक्रिया भएकाले योनिश्राव स्वाभाविक हो। यस्तो स्वाभाविक योनिश्राव महिनावारी हुने बेला वा यौन उत्तेजना भएका बेला हुन्छ।

पाठेघरको मुखबाट हुने श्राव यस्तै महिनावारी भएको हप्तापछि सुरु भएर डिम्ब निष्कासनका बेलासम्म हुन्छ। यस्ता स्वाभाविक किसिमका योनिश्रावका लागि कुनै किसिमको उपचारको आवश्यकता पर्दैन।

 सेतो पानी बग्नुका कारणहरु 

१ यौनसम्पर्क पछि योनी सफा पानीले सफा नगर्नाले
२ अश्लिल कल्पना र बातचित, अत्यधिक यौन सम्पर्क, मुख मैथुन, सम्भोगको अप्राकृतिक प्रयोग लगायतको कारण
३ रोगग्रस्त पुरुषसंग यौन सम्पर्क गर्नाले
४ बारम्बार गर्भपतन गराउनाले

उपचार र रोकथाम

१ सेतो पानी बग्ने समस्याबाट बच्न योनीको सरसफाई हुन अति जरुरी हुन्छ । पानीमा फिटकिरी राखेर योनी सफा गर्दा
अति राम्रो हुन्छ ।
२ बोरिक एसिडको घोल पनि प्रयोग गर्न सकिन्छ । योनीको भित्री भागमा सफाइ गर्नु छ भने पिचकारीको सहायताले गर्नुहोस् । यसका साथै नारायण तेल प्रयोग गर्नु अति उत्तम हुन्छ ।
३ यौन सम्पर्क पछि अनिवार्य रुपमा सफा पानीले योनी धुनुहोस् ।
४ बारम्बार गर्भपतन नगराउनुहोस् । एक बच्चा जन्मेपछि अर्को बच्चा जन्माउन चाहनुहुन्न भने गर्भनिरोधको उचित साधन प्रयोग गर्नुहोस् ।
५ मलमुत्र त्याग गरेपछि साबुन पानीले सम्पुर्ण योन अंगको सरसफाई गर्नुहोस् ।
६ यो रोग लागेपछि विना संकोच चिकित्सकलाई बताउनुहोस् । यसका साथै अशोकारिष्ट, अशोक घनबटी, प्रदरांतक लौह, प्रदरहर रस आदि आयुर्वेदिक औषधीहरु पनि सेवन गर्न सक्नुहुन्छ ।
७ घृतकुमारी सख्खर वा मिश्रीमा मिसाएर दैनिक एक चम्चा खाली पेटमा खानुहोस् । यसरी कम्तिमा ५ देखि १० दिनसम्म सेवन गर्नुहोस् ।
८ अशोकको रुखको बोक्रा ६० ग्राम एक लिटर पानीमा २५० मिलिलिटर मात्र हुनेगरी उमाल्नुहोस् । यसलाई दिनको २ चम्चा सेवन गर्नुहोस् ।
९ शतावरको ताजा कन्दमुलको चूर्ण ५–१० ग्राम र स्वाद अनुसार जीराको चूर्ण मिलाएर एक कप दुधमा राखेर विहान खाली पेटमा पिउने गर्नुहोस् ।
१० ब्राम्ही, बेंगको सागको चूर्ण बनाएर दुई सानो चम्चा दिनको २ पटक मिश्रीको साथ १५–२० दिनसम्म सेवन गर्नुहोस् ।
११ अरहरको पात बिना पानी निचोरेर एक चम्चा रस निकाल्नुहोस् । यो रस दिनको २ पटक सेवन गनुृहोस् । अरहरको जुस र मिश्री मिसाएर पनि सेवन गर्न सक्नुहुन्छ ।
१२ सिमलको बोक्रा २ सय ग्राम, पलासको बोक्रा २ सय ग्राम र सतावरीको जरा २ सय ग्राम मिलाएर चूर्ण बनाउनुहोस् । यसलाई शिशीमा राख्नुहोस । यसको १–२ चम्चा चौलानी वा भातको माड वा चिसो पानीसंग हरेक विहान करिव २० दिनसम्म पिउनुहोस् ।

साभारः news24tvnepal