सिटिजन्स बैंकको बार्षिकोत्सवमा रक्तदान कार्यक्रम


६ बैशाख, सुर्खेत । कर्णाली प्रदेश राजधानी सुर्खेतको वीरेन्द्रनगरमा आज (विहीवार) १७ पिन्ट रगत संकलन गरिएको छ ।

सिटिजन्स बैंक इन्टरनेशलको १७ औं स्थापना दिवसको अवसरमा देशभर १२ वटा शाखाहरुमा आयोजित रक्तदान कार्यक्रम अन्तरगत सुर्खेत शाखामा पनि आयोजित रक्तदान कार्यक्रममा १७ पिन्ट रगत संकलन गरिएको हो ।

बैंकको बार्षिकोत्सव अवसरमा मानव जीवनको महत्वपूर्ण आवश्यक रगत रहेकोले रक्तदान कार्यक्रमको आयोजना गरेको बैंकले जनाएको छ ।