एउटै विद्यालयमा अध्ययनरत विद्यार्थीको पुनः भर्ना शुल्क नलिन नगरपालिकाको निर्देशन (भिडियोसहित)


२ बैशाख, सुर्खेत । वीरेन्द्रनगर नगरपालिकाले एउटै विद्यालयमा अध्ययन गरिरहेका विद्यार्थीको पुन भर्ना शुल्क नलिन निर्देशन दिएको छ ।

नगरपालिकाले तत्कालकालागि वीरेन्द्रनगरमा रहेका ९४ संस्थागत विद्यालय र २३ मोन्टेश्वरीहरुका प्रधानाध्यापकहरुलाई १७ बुँदे निर्देशन दिएको नगरपालिकाले जनाएको छ । विशेष गरेर नगरपालिकाले एकपटक एउटा विद्यालयमा भर्ना भैसकेका विद्यार्थीहरुलाई पुनः भर्ना (अर्को कक्षामा पनि) गर्दा शुल्क नलिन शिक्षा नियमावलीहरु अनुसार लागु गर्न निर्देशन दिएको छ ।

त्यस्तै नगरपालिकाले “सबै बालबालिकाको विद्यालयमा सहभागिता, गणस्तरिय शिक्षा प्राप्तिको सुनिश्चिता” भन्ने आदर्श वाक्यका साथ सबै विद्यालयहरुले आफ्नो क्षेत्रमा विद्यार्थी भर्ना अभियान तथा विद्यालय स्वागत कार्यक्रम सञ्चालन गरि विद्यालय उमेर समूहका सबै बालबालिकालाई भर्ना गर्न निर्देशन दिएको छ । साथै विद्यालयको बार्षिक कार्यपात्रो लगाएत शैक्षिक योजना निर्माण कार्यान्वयनमा जोड दिन पनि निर्देशन दिएको छ ।