पत्रकार मुलुकको सच्चा पहरेदारः प्रदेश प्रमुख परियार


८ बैशाख, सुर्खेत । कर्णाली प्रदेश प्रमुख तिलक परियारले पत्रकारहरु मुलकको सच्चा पहरेदार भएको बताउनुभएको छ । प्रदेश प्रमुख परियारले नेपाल पत्रकार महासँघ सुर्खेतको १२ औं अधिवेशन तथा साधारण सभाको समुद्घाटन गर्दै यस्तो बताउनुभएको हो ।

पत्रकारले मुलकमा परिवर्तनको दुरुपयोगलाई रोक्न तथा राष्ट्र र जनतालाई कुनैपनि समस्या आएको वेला खबरदारी गर्नुपर्ने आवश्यक रहेको प्रदेश प्रमुख परियारले बताउनुभयो ।

कार्यक्रममा महासँघले सुर्खेतमा क्रियाशिल ८ पत्रकारहरुलाई पुरस्कृत गरेको छ । कान्तिपुर टिभीका कमल पन्तलाई यस वर्षको वर्ष पत्रकारिता पुरस्कार, पत्रकारद्धय आकाशतारा बयक र रमेश रावललाई शान्ति तथा विकास पत्रकारिता पुरस्कारलाई प्रदान गरेको छ । त्यस्तै  पत्रकारद्धय शेरबहादुर थापा र चन्द्रा कंडेललाई खानेपानी तथा सरसफाई पुरस्कार, रेडियो भेरी एफएमका डिलु रावतलाई स्वर्गीय नन्दगेलाङ्ग स्मृति पत्रकारिता पुरस्कार, क्रियाशिल पत्रकारिता पुरस्कार शिलापत्र डटकममा कार्यरत ओमबहादुर शाही र युवा पत्रकारिता पुरस्कार गोरखापत्र दैनिकका नविन सुवेदीलाई प्रदान गरेको छ ।