
२ बैशाख, सुर्खेत । कर्णाली प्रदेश अस्पतालमा पाठेघरको उपचार गराउँदा मृत्यु हुनुभएकी युवतीका आफन्तजनले आजपनि आन्दोलन जारी राखेका छन् ।
गतबर्ष चैत्र ३० गते पेट दुखेपछि उपचार गर्न प्रदेश अस्पताल पुग्नुभएकी मृतक भिमा (रिजुका) गुरुङ बलामीको चिकित्सकले पाठेघर सफा गर्दा ज्यान गएको थियो । अहिले आफन्तहरुले डाक्टरहरुको लापरबाहीका कारण नै उनको मृत्यू भएको भन्दै आन्दोलन गरिरहेका छन् ।
आन्दोलनकारीले आजपनि ऐरी चोकमा सडक जाम गरि उचित छानवीन र क्षतिपूर्तीको माग गरेकाछन् ।
Prawash Kumar Shakya । २ बैशाख २०८१, आईतवार १२:२२ बजे