रगतलाई सरकारले निःशुल्क गर्न नसक्नु दुःखद कुराः शतक रक्तदाता कर्माचार्य


२९ चैत्र, ललितपूर । “प्रत्येक स्वस्थ व्यक्तिले रक्तदान गर्नु सामाजिक दायित्व / कर्तव्य हो भने निःशुल्क रगत पाउनु पीडितपक्षको नैसर्गिक अधिकार हो ।” भन्ने मूल नारालाई आत्मसाथ गर्दै रक्तदानका क्षेत्रमा कार्य गर्दै आएको नेपाल स्वयंसेवी रक्तदाता समाजले आज बर्षेनी प्रकाशनमा ल्याइरहेकाे भित्तेपात्राेलाई यसपालि पनि ललितपूरको बगलामुखीमा एक कार्यक्रम बीच लाेकार्पण गरेको छ ।

नेपालका सर्वाधिक सतक रक्तदाता एवं समाजका केन्द्रीय अध्यक्ष प्रेमसागर कर्माचार्य, नेपाल स्वयंसेवी रक्तदाता समाज ललितपुर जिल्ला शाखाका कार्यसमिति सदस्य दशबहादुर महर्जन, संस्थापक द्वय: धर्मकृष्ण सिकर्मी, प्रचण्ड कारञ्जित, केन्द्रीय रक्त सञ्चार सेवाका वरिष्ठ रक्त परिचारिका द्वय: सुशिला ढकाल, मनिषा दनुवार, बगलामुखि अस्थायी प्रहरी वृतका प्रमुख सर्जुप्रसाद चाैधरी र स्वयंसेवी रक्तदाता तिर्थमान महर्जन लगायतले सामुहिक रुपमा नयाँवर्ष विक्रम सम्वत् २०८१ काे भित्तेपात्राे लाेकार्पण गर्नुभयो ।

कार्यक्रममा शतक रक्तदाता एवं समाजका अध्यक्ष कर्माचार्यले संस्थाको नारालाई सार्थक बनाउनकालागि आफू लागिपरेको बताउनुभयो । “यहाँ हामीले दानमा दिएको रगतको पनि सरकारले शुल्क लिइरहेको छ जस्लाई हामीले सरकारले आफ्ना नागरिकहरुलाई स्वास्थ्य क्षेत्रको महत्वपूर्ण रगतलाई सरकारले निःशुल्क गर्न नसक्नु बढो दुःखद कुरा हो । यस्कालागि हामीले सरकारलाई पनि झक्झक्याई सकेका छौं तर कुनै कदम अगाडी बढेको छैन् ।” अध्यक्ष कर्माचार्य भन्नुहुन्छ ।

अहिले हामी देश भरिनै सहज रगत उपलब्ध होस भन्नाकालागि शाखा, नगरकमिटि, वडा तथा पालिका कमिटिहरु गठन गर्दै आइरहेका छौं साथै यूवापुस्तालाई आफ्नो अठारौं जन्मोत्सव सँगसँगै रक्तदान गर्नकालागि पनि उत्प्रेरित गरिरहेका छौं । त्यसैले मानवीय जीवनको सर्वोत्तम कार्यमा लाग्नकालागि म सम्पूर्ण यूवापुस्तालाई अनुरोध गर्दछु ।

भित्तेपात्राे असाध्यै ज्ञानवर्धक रहेकाे उपस्थित जनसमुदायले चर्चा समेत गरेका थिए । हाम्रो शरिरमा रहेकाे रगतकाे समूह बारेमा सचित्र जानकारी उपलब्ध गराइएको साे भित्तेपात्राेले आफ्नो शरिरमा रहेकाे रगत कुन रगतकाे समूहलाई दिन मिल्छ र आफूलाई चाहिएको अवस्थामा कुनकुन रगत समूहकाे रगत लिन मिल्छ भनी सन्देश दिइएको छ । आजको नियमित रक्तदान कार्यक्रममा ११ जनाले रक्तदान गर्नुभएको थियो ।