कर्णाली लिटरेचर फेस्टिभवल आजबाट शुरु (भिडियो सहित)


११ बैशाख, सुर्खेत । कर्णाली प्रदेशको राजधानीमा सुर्खेतको वीरेन्द्रनगरमा आजदेखि कर्णाली लिटरेचर फेस्टिभलको पहिलो संस्करण शुभारम्भ भएको छ ।

कर्णाली प्रदेशका प्रदेश प्रमुख तिलक परियारले पानसमा दियो बाली उत्सवको शुभारम्भ गर्नुभएको हो । कर्णालीमा पहिलो पटक ‘संस्कृतिको उत्सव’ सुरु भएको छ। ‘खस भूमिमा लेखन र पठन संस्कृति’ को विकास गर्ने उद्देश्यसहित उक्त उत्सवको सुरुवात गरिएको आयोजकले जनाएको छ

उद्घाटन कार्यक्रमका बोल्दै परियारले कर्णालीको विगत गौरवपूर्ण रहेको बताउँनुभयो । उहाँले भन्नुभयो ‘योगी नरहरीनाथको जन्म भएको प्रदेश भएकाले यहाँ अध्ययनका लागि थुप्रै पुस्तकहरुको जन्म उहाँबाट भएको कुरा उल्लेख गर्दै थुप्रै किताबहरु लेख्नुभएको छ, उहाँसँग मेरो पहिलो भेट ०३५ सालमा दिल्लीमा भएको थियो,त्यहाँ भएको पहिलो भेटमै प्रभावित भएको थिएँ ।’

कर्णाली रिडर्स सोसाइटीद्वारा सञ्चालित कार्यक्रम कर्णालीको भाषा, साहित्य तथा संस्कृतिको विकास गर्ने उद्देश्यसहित सञ्चालन गरिएको हो।

उत्सवमा योगी नरहरीनाथदेखि कर्णालीको इतिहासका विषयमा लेखिएका पुस्तकहरू प्रदर्शनीमा राखिएको छ । कर्णालीका विषयमा लेखिएका करिब ५ सय पुराना पुस्तकहरू संकलन गरिएको कार्यक्रमका संयोजक डाक्टर नवराज केसीले बताउनुभयो ।