नाबुनको वीरेन्द्रनगर नगरकमिटिमा बस्याल र भेरीगंगा नगरकमिटिमा कुँवर चयन


१३ बैशाख, सुर्खेत । राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपाल कर्णाली प्रदेशको संगठन सुदृढिकरण तथा विस्तार अभियान अन्तर्गत वीरेन्द्रनगर नगरकमिटीको दोश्रो अधिवेसन सम्पन्न भएको छ । अधिवेशनले सुमित्रा बस्यालको अध्यक्षतामा ९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । जसको उपाध्यक्षमा मनसरा परियार, सचिवमा सुमन शाही, सहसचिवमा दिपा घताने, आर्थिक सचिवमा जमुना विक चयन हुनुभएको छ भने सदस्यहरुमा चन्द्रा सुवेदी, बन्दना अर्यालय, सुनिता थापा र सुमित्रा नेपाली चयन हुनुभएको छ ।

कार्यक्रमका प्रमुख अतिथि नाबुन संयोजक पम्फा देबकोटा पहारीले संगठनको आवश्यकता र महत्व प्रस्ट्याउँदै सेवाशुल्क निर्धारण प्रकृयाको बारेमा अवगत गराउनुभएको थियो भने नेपाल ट्रेड युनियन महासंघ जिफन्ट राष्ट्रिय कमिटी सदस्य चन्दा धामीलेले जिफन्ट संरचना र प्रदेशको भुमिकाबारे प्रस्ट पार्नुभएको थियो ।

त्यस्तै केन्द्रीय सचिव सुजना जोशीले युनियनको विधान, पद्धति ,संरचना र सिप प्रमाणीकरण प्रकृयाका विषयमा प्रशिक्षण मूलक मन्तब्य राख्नुभएको थियो । यस्तै संगठनका केन्द्रिय सदस्य यशोदा खत्रीले कमिटी संचालनमा परेको समस्याहरूका बारेमा र प्रदेश अध्यक्ष प्रमी शाक्यले कमिटीको महत्वबारेमा प्रष्ट्याउनुभएको थियो ।

यस्तै यूनियनले भेरीगंगा नगरपालिकाको छिन्चुमा पनि संगठन विस्तार गरेको छ । प्रदेश अध्यक्ष प्रमी शाक्यको अध्यक्षतामा सम्पन्न भेलाले सुष्मा कुँवर थापाको अध्यक्षताममा ११ सदस्यीय भेरीगंगा नगरकमिटी गठन गरेको छ । जस्को उपाध्यक्षमा सुशिला डाङ्गी, सचिवमा सपना शर्मा, सहसचिवमा देवकुमारी पुन, आर्थिक सचिवमा विपना खड्का चयन हुनुभएको छ । त्यस्तै सदस्यहरुमा श्रृजना गिरी, पुष्पा खत्री, दिपा विक, बुद्धलक्ष्मी शाक्य, मनिषा रसाइली र आयुसा खत्री चयन हुनुभएको छ । कार्यक्रममा नेपाल ट्रेड युनियन महासंघ जिफन्ट राष्ट्रिय कमिटी सदस्य तथा नाबुन संयोजक पम्फा देबकोटा पहारीको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो ।