जीम क्लवद्वारा रक्तदान कार्यक्रम


“नियमित रक्तदानले मात्र रगत र रक्त-तत्वहरूको आवश्यकता पूर्ति गर्छ, यो सबले बुझौ” भन्ने मूल नारालाई आत्मसात् गर्दै आज काठमाण्डौंको अक्सफोर्ड जीम एण्ड फिट्नेशले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रमका प्रमुख अतिथि सर्वाधिक रक्तदाता तथा स्वयंसेवी शतक रक्तदाता एवं नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष प्रेमसागर कर्माचार्यले रक्त संकलन थैली हस्तान्तरण गरेर शुभारम्भ गरिएको कार्यक्रममा अक्सफोर्ड जीम एण्ड फिट्नेश सेन्टरका प्रशिक्षार्थी महिला तथा पुरूष गरि १३ जनाले रक्तदान गर्नुभएको थियो ।

प्रमुख अतिथि सर्वाधिक रक्तदाता तथा स्वयंसेवी शतक रक्तदाता एवं नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष प्रेमसागर कर्माचार्य र सञ्चालक उदय श्रेष्ठले सहभागी स्वयंसेवी रक्तदाताहरूलाई प्रशंसा-पत्र बितरण पनि गर्नुभएको थियो । साथै कार्यक्रमका सभापति उदय श्रेष्ठले सामाजिक दायित्व अन्तर्गत रक्तदान कार्यक्रमलाई  बर्षेनी आयोजना गरिंदै लैजाने बताउनु भयो ।

कार्यक्रम अक्सफोर्ड जीम एण्ड फिट्नेश सेन्टरका अध्यक्ष उदय श्रेष्ठको सभापतित्वमा सम्पन्न भएको हो ।