गुठि के हो ?


कर्ण शाक्य

– कर्ण शाक्य

गुठी भनेको सभ्य सोमतिलो समाजको धार्मिक, साँस्कृतिक एवं सामाजिक संरचनाको उत्कृष्त नमुना हो । गुठी भनेको ’आफै मात्र खाउ, आफै मात्र लाउ’ भन्ने बर्बर सामन्ती समाजले परिकल्पना गर्न सक्ने प्रदुर्भाव हैन ।

सुसंस्कृत चिन्तनशिल ब्यक्तीबिषेशले जब अली पैसा कमाउंछ, उनले समाज र सन्ततीको लागी पाटी, पौवा, द्योछें, चोक, बहाल, बही, मन्दीर बनाउंछ । हेरचाहको लागी गुठी बनाउन्छ ।

गुठीको सुरक्षार्थ आर्थिक श्रोत जुटाउन दाताले घर जग्गा दान दिन्छ । गुठीमा बर्ग भेद हुंदैन ।घनी होस वा गरिब, बर्षानुसार जेठालाई कान्छाले ढोग्छ, पुजामा जुठो खान्छ, चाहे त्यो धनी दाता होस वा गरिब गुठियार । त्यसैले गुठी सामन्तबादको उपज हैन, बरू उदाहरणिय लोकतान्त्रिक पद्धती हो ।

सभ्य सम्बृद्ध नेपाली ईतिहासको पहिचान के हो ? झर्झराउंदो सम्पदाको आधार के हो ? कान्तिपुर, ललितपुर, मध्यपुर, भक्तपुर बिश्वकै उत्कृष्ट मध्यकालिन संग्रहालयको ढुकढुकी कहाँ छ ? के यस्को ब्यख्या गरिरहनु पर्छ ?

धार्मिक साँस्कृतिक धरोहर गुठीको संरक्षण भक्तजनले मात्र गर्न सक्छ, सर्कारले सक्तैन । गुठीको जग्गा हड्पेर भु-माफियाको पोल्टामा राख्ने दुस्प्रयास कार्य नहोस । हो, सर्कारले गुठी संस्थान मार्फत सम्बन्धित गुठियारहरूको सहकार्यमा गुठी प्रणालीमा बैज्ञानिक ब्यबस्थापन मोडल ल्याउन सकिन्छ ।

कर्ण शाक्यको फेसबुकबाट