२७ चैत्र, सुर्खेत । कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमालेका यामलाल कँडेल नियुक्त हुनुभएको छ । कर्णाली प्रदेश प्रमुख तिलक परियारले आज (मंगलबार) कँडेललाई मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो ।
देशमा नयाँ राजनितिक परिवर्तन सँगै बनेको नयाँ गठबन्धनमा कर्णालीमा नयाँ सरकार बनाउने एमाले भागमा परेपछि एमाले नेता कँडेल मुख्यमन्त्री बन्नुभएको छ । मुख्यमन्त्रीकालागि नेकपा एमाले, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीका कूल २३ सांसदको हस्ताक्षर सहित कँडेललाई मुख्यमन्त्री बनाउन दाबी पेस गरिएको थियो ।
नवनियुक्त मुख्यमन्त्री कँडेलको पक्षमा एमालेका ९, माओवादीका १३ र नेकपा एसका १ जना सांसदले समर्थन जनाएका छन् ।
Prawash Kumar Shakya । २७ चैत्र २०८०, मंगलवार १८:२५ बजे