नवनियुक्त मुख्यमन्त्री कँडेलले गरे पदभार ग्रहण (भिडियोसहित)


२८ चैत्र, सुर्खेत । कर्णाली प्रदेशका नवनियुक्त मुख्यमन्त्री यामलाल कँडेलले आज मुख्यमन्त्री पदको सपथ ग्रहण गरिसकेपछि पदभार ग्रहण गर्नुभएको छ ।पदभार ग्रहण गर्दै नवनियुक्त मुख्यमन्त्री कँडेलले अबको २ महिनाको बीचमा सरकारको निती तथा कार्यक्रम तथा बजेट प्रस्तुत गर्नुपर्ने भएकाले जनताको चाहाना अनुसारको निर्णय गर्ने प्रतिवद्धता गर्नुभएको छ ।

उहाँले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा के कुरा प्राथमिकता छ भन्ने कुरा निश्चित समय भित्र बहस चलाउने कुराको प्रारम्भिक अभ्यास गरिने बताउँदै चाँडै नै सत्ता साझेदार दलहरुलाई पनि केही दिनमा सरकारमा सहभागी गराउँने उल्लेख गर्नुभयो ।

नवनियुक्त मुख्यमन्त्री कँडेलले सपथ ग्रहण लिएपछि वीरेन्द्रनगर ४ मा रहेको शहिद पार्कमा गई शहिदहरुलाई माल्यार्पण गरेपछि पदभार गर्नुभएको थियो ।