कर्णालीका सांसदहरुले भिम रावलबाट सिक्नु पर्ने पाठ ( भिडियो सहित )


१७ भदौ सुर्खेत ।

गौरा पर्व २०७६को अवसरमा काठमाण्डौमा आयोजना गरीएको एक कार्यक्रममा नेकपाका नेता भिमरावलले दिल खोलेर डोटेली भाषामा शुभकामना दिनुभयो ।

प्रशंसा संरक्षण समुहले आयोजना गरेको उक्त कार्यक्रममा हामी जहाँ भए पनी जे गरेपनी हामीले आफ्नो रहन सहन भेषभुषा र मातृभाषालाइ जहीले पनी सम्झीराख्नु पर्ने सुन्दर सुदुर पश्चिम,अनी अखणड सुदुर पश्चिमका लागी सबैले एकजुटहुनु पर्ने कुरामा जोड दिनुभयो । सारा नेपालीलाइ पाठ सिकाउन एक उदाहरणिय काम गर्न सफल हुनुभयो उहाँले जननी जन्मभुमिश्च स्वर्गादपी गरिएसी भन्ने मुल मन्त्रलाइ सही आत्मसाथ गरेर देखाउनु भयो ।

आफु जन्मेको माटो र आफुले ताते ताते गर्नेबेलाको बोली लाइ बिर्षनु र आफ्ना आमा बाबुलाइ बिर्षनु उस्तैहुन्छ तर बृद्दा आमा बाबुलाइ बृद्दाश्रममालगेर राख्नेहरुलाइ के थाहा बृद्दअवस्थाका आमा बाबुको पिडा ।अरुको लह लहैमा लागेर र्याप र पप गीत गाउनेहरुलाइ जिब्रो बिगारी बिगारी पश्चमा सँस्कृतीको सिको गर्नेहरुलाइ मातृ भाषा त्यसमा पनी कर्णालीको खष भाषाकोमहत्वको बारेमा के थाहा ।

कर्णालीको खषभाषा भनेको भाषाहरुको जननी हो भाषाहरुको आमा हो  नेपालको सानहो । संसारको पहिलो लिपी बद्द भएको मानव सभ्यताको इतिहाँस बोकेको मनुस्मृती ग्रनथ ( जुन विश्वको पहीलो संबिधान पनिहो ) यो पनी खष भाषामानै लेखिएको थियो र कर्णाली पर्देशको मान्म बाटै तिला र कर्णालीको दोभानमा लेखीएको थियो । सायद यो कुरा यहाँका यहाँका कतीपयलाइ थाहापनी छैन होला यतिठुलो इितहाँस भएको खष भाषा बोल्नलाइ हिचकिचाउने र लाज मान्ने हिनताबोध हुने हामी कर्णालीवासीहरुलाइ  खुर्पाको बिँड भइरहेको छ खष भाषा ।

 सायद यसै कुरालाइ ध्यानमा राखी कर्णाली कर्णाली प्रदेश सरकारले भाषाको उजागर गर्नु पर्छ भन्नेहेतुले ( हाम्मा कुडा हाम्मा मुख्य मन्त्री )  नामको एउटा कार्यक्रमको घोषणा गर्यो,भदौ १ गते कालीकोट जिल्लाबाट कार्यक्रमको उद्घाटन पनी गर्यो । तर कार्यक्रमको सबै प्रकृती हेर्दा कामकुरो एकातिर कुम्लोबोकी ठिमीतिर भनेझै भयो । किन  र कसरी भन्नुहुनेछहोला भने हाम्मा कुडा हाम्मा मुख्य मन्त्री भन्ने बित्तिकै प्रस्टै थाहा हुन्छकी त्यो शब्द खष भाषाको हो भन्ने कुरा अनी खष भाषाको शब्द भएको कार्यक्रममा पोशाक केहुने ? बसाइ कस्तो हुने ? कसरी कुन भाषामा कुराकानी गर्ने भन्नेकुरा पहिला नै निर्धारण गरीनु पर्थ्यो  तर नेपालीभाषा मा मात्रै दख्खल राख्ने तर खष भाषा बोल्न त के सायद खषा भाषा सुनेका पनि थिएननहोला  प्रस्तोताले अनी त्यहाँको माहोल हेर्दा कुनै सबिधा सम्पन्न रिसाेर्ट भन्दा पनी कम थीएन होला यस्ले त झन कर्णालीको खिल्ली उडाइरहेको  थीयो ।  प्रस्तोता र अथितीहरुालाइ हेर्दा कुनै पाँचतारे होटेलमा बसेर सुबिधा सम्पन शहरका मुख्यमन्त्रीले सम्बोधन गर्दैछन न कि दुर दराजमा रहेका कर्णाली का मुख्य मन्त्रीले जनताका कुरा हरु सुन्ने र उनीहरुका पिडामा सान्त्वनाका मल्हम लगाउनुका लागी आयोजना गरीएको कार्यक्रम हो । कुनैपनी सुचना वा जानकारी गराइएन कि कार्यक्रमको उद्देश्य के हो यसेले खोजेका कुराहरु के थिए कुन कुरालाइ उजागर गर्नका लागी कार्यक्रमको शुभारम्भ भयो भन्नेपनी साद कमैले मात्र थाहापाएहोलान  ।

खैर यो त भयो एक कार्यक्रम का कुरा अव यहाका  ४० जना सभासदहरु र सातजना मन्त्रीमहोदय हरुलाइ कतिले त कर्णालीको खषभाषा बोल्न त परै जावस बुझ्नु पनी गारो छ । कतीपय सभासदहरु त कर्णाली प्रदेश भनेर सम्बोधन गर्न पनी हिचकिचाउने अवस्थामा भएको पाइन्छ । सांसद र मन्त्रीहरुलाइ अव खष भाषामा ट्यूसन पढाउनु जरुरी छ ।  अनिभात्रै कर्णालीको सभ्यता र यहाँको रहनशहनका बारेमा पुर्णरुपले जानकारी पाउनेछन जुन आमाका दश नाला दुध चुसेर ठुलोहुन्छ हुर्किन्छ पालीन्छ पोशिन्छ त्यही छोराले बृद्ध आमालाइ बृद्धाश्रम लिएर राख्छ त्यो छोरालाइ संस्कार सिकाउन जरुरी भए जस्तै कर्णाली पर्देश को बिकाश शिक्षा स्वास्थ्य रोजगारीमा एक रुपता ल्याउनका लागी यहाँको समाज पठ्नु जरुरी छ समाज पढन्को लागि यहाँको संस्कृती बुझनु जरुरी छ रहन सहन बुझनु जरुरी छ यहाँको यी यावत कुरा बुझ्नको लागी यहाँको भाषा सिक्नु र बुझनु जरुरी छ त्यो भाषा सिकाउन र बुझाउनका लागी सबैलाइ ट्यूसन पढाउनु जरुरी छ । त्योकुरामा कर्णाली प्रदेश सरकारले ध्यान देवश भन्ने कामना छ अस्तुः

भिडियो साभारः प्रकाश भट्ट