पातालगंगामा गणेश मूर्ति स्थापना (भिडियो सहित)


२५ मंसीर, सुर्खेत । वीरेन्द्रनगर ९ पातालगंगा सुर्खेतमा स्थित गणेशथानमा आज (मंगलवार) गणेशको मूर्ति स्थापना गरिएको छ ।

प्रदेश राजधानीमा रहेका महत्वपूर्ण स्थानहरुलाई पर्यटकिय स्थलको रुपमा विकास गर्नकालागि वडा कार्यालयको समन्वयमा उपत्यका नगर विकास समितिले गणेशको मूर्ति स्थापना गरेको हो ।

सुर्खेत उपत्यकाको बस्ती बस्ने क्रमको पहिलो बस्ती मानिने पातालगंगामा रहेको ऐनतिहासिक गणेशजल स्थानमा गणेश मूर्ति स्थापना गर्न पाउनु गौरवको विषय भएको बताउनुभयो ।

दैलेख जिल्लामा रहेको चर्चित धार्मिक स्थाल श्रीस्थान मन्दिरबाट बगेको फूलपाती यही गणेशजल सम्म आइपुग्ने गरेको किवदन्ती रहेको अध्यक्ष मानन्धरले बताउनुभयो ।

सुर्खेतका ३ वटा महत्वपूर्ण पर्यटकिय स्थलहरु बाणगंगा, उत्तरगंगा र पातालगंगाहरु रहेको र त्यसमा पनि पातालगंगा विषेश महत्वपूर्ण रहनुको कारण विषेश गरेर बर्षाको समयमा पानी नपरेमा पुजाअर्चना गरेपछि पानी पर्छ भन्ने जनविश्वास रहिआएको सुर्खेत उपत्यका नगर विकास समितिका अध्यक्ष नारायणकुमार कोइरालाले बताउनुभयो ।

त्यस्तै पातालगंगाको गणेशजलमा पुत्र प्राप्त नगरेकाहरुले गणेशजलमा पुजाअर्चना गरेमा पुत्रलाभ हुने पनि जनविश्वास रहेको कोइरालाले बताउनुभयो ।

यो क्षेत्रमा माघीको अवसरमा थारु जातीहरुले मेला लगाउने गरेका छन् ।