नेमकिपाद्वारा लाटीकोइली स्वास्थ्य चौकीलाई मास्क हस्तान्तरण


१ असार, सुर्खेत । कोरोना भाइरस कोभिड १९ को दोश्रोचरणको महामारी फैलिरहेको अवस्थामा आज नेपाल मजदुर किसान पार्टीले वीरेन्द्रनगर ९ लाटीकोइली सुर्खेतमा अवस्थित लाटिकोइली स्वास्थ्य चौकीलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ ।

नेमकिपाका केन्द्रीय सचिव तथा प्रतिनिधि सभा सदस्य प्रेम सुवालले स्वास्थ्य चौकीलाई KN 95 मास्क ९ सय ६० थान हस्तान्तरण गर्नुभएको हो । चिनियाँ ६ वटा राजनैतिक पार्टिहरूबाट प्राप्त भएकाे मास्क हामीले देशभरिका अस्पतालहरूलाई बाँडदै आएकाे त्यसै अन्तरगर्त वीरेन्द्रनगर ९ को लाटीकोइली स्वास्थ्य चौकीलाई १ पेटी (९६०) थान मास्कक हस्तान्तरण गरेको सुवालले बताउनुभयो ।