६७औं राष्ट्रिय सहकारी दिवसमा ४३ पिन्ट रगत संकलन


१७ चैत्र, सुर्खेत । ६७ औं राष्ट्रिय सहकारी दिवसको उपलक्ष्यमा आज वीरेन्द्रनगरमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

कर्णाली प्रदेश राजधानी सुर्खेतको वीरेन्द्रनगरमा सहज रगत आपूर्तिकाकालागि “सहकारीमा सुशासनः प्रविधी र एकिकरण” भन्ने मुल नारालाई आत्मसाथ गर्दै सामाजिक उत्तरदायित्व अन्तरगत रक्तदान कार्यक्रमको आयोजना गरिएको जिल्ला सहकारी संघ सुर्खेत सचिव विशाल केसीले जानकारी दिनुभयो ।

कर्णाली प्रदेश सरकारका भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री भीमप्रसाद शर्माले नेपाल रेडक्रस सोसाइटी रक्तसञ्चार केन्द्र सुर्खेतका प्राविधिक देपेन्द्र केसीलाई रक्त संकलन थैली हस्तान्तरण गरेर शुभारम्भ गरिएको कार्यक्रममा ८ महिला सहित ४३ पिन्ट रगत संकलन गरिएको थियो ।

कार्यक्रममा सहकारी संघ सुर्खेतका अध्यक्ष अमृत बहादुर विसी एवं भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय कर्णाली प्रदेशका रिजिष्टार खुमप्रसाद सुवेदी लगाएत वीरेन्द्रनगरमा रहेका विभिन्न सहकारीकर्मीको सहभागिता रहेको थियो ।