चट्याङ लागेर एकको मृत्यु २ घाइते


हावाहुरीसँगै परेको चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । जिल्लाको उत्तरपूर्वी गाविस रजेना–७ मा बिहिबार दिउसो परेको चट्याङले २२ वर्षिय अमृता खत्रीको मृत्यु भएको हो ।
अमृताको घर भने खानीखोला–७ भएको स्थानीयबासी पूर्णबहादुर बुढाले पुष्टि गरेका छन । चट्याङबाट दुई जना घाइते भएका छन् ।
घाइते हुनेमा धनकुमारी बुढा र दिला रोकाय छन् । चट्याङले उनीहरुको शरिर जलेको स्थानीय बुढाले जानकारी दिए । घाइते धनकुमारी र दिलालाई थप उपचारको लागि वीरेन्द्रनगरतर्फ लगिएको स्थानीय बुढाको भनाई छ ।
स्थानीयबासीले घटना बारे प्रहरीलाई खवर गरेकाले इलाका प्रहरी कार्यालय अवलचिङबाट घटनास्थलमा प्रहरी गएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका एसपी वीरेन्द्र श्रेष्ठले जानकारी दिए । चट्याङले घरको सोलारमा पनि क्षती पुगेको बताइएको ।
सभा र ः अनलाइन सुर्खेत