सुर्खेत विमानस्थल स्तरोन्नति हुँदै


१५ असोज, सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा रहेको विमानस्थल स्तरोन्नति हुने भएको छ ।

संघीय सरकार र प्रदेश सरकारको संयुक्त लगानिमा विमानस्थलको विकास, बिस्तार र स्तरोन्नतिको काम अघि बढाउनका लागि आज नेपाल सरकार र कर्णाली प्रदेश सरकारविच समझदारी पत्रमा हस्ताक्षर भएसंगै विमानस्थल स्तरोन्नति हुने भएको हो ।

संघीय सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराई, कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्र बहादुर शाही, कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वाला र पर्यटन सचिव केदार अधिकारीको रोहबरमा आज कर्णाली प्रदेश सरकारको तर्फबाट आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव घनश्याम उपाध्याय र संघीय सरकारका तर्फबाट प्राधिकरणका महानिर्देशक राजन पोख्रेल विच ऐतिहासिक समझदारी पत्र (MOU) मा हस्ताक्षर गरिएको छ ।

सम्झौता अनुसार सुर्खेत विमानस्थलको धावनमार्गको लम्बाई कम्तिमा १५०० मि. सम्म विस्तार तथा स्तरोन्नति गरिनेछ । सुर्खेत विमानस्थल निर्माणका लागि कर्णाली प्रदेश सरकारबाट चालु आर्थिक बर्षको लागि ५० करोड बजेट बिनियोजन गरिएको छ ।