न्याय क्षेत्रमा देखिएका विभिन्न विकृति र विसंगतीको अन्त्य गर्न लागिरहेका छौंः उपाध्यक्ष महत


११ जेठ, सुर्खेत । नेपाल बार एसोसिएसनका नवनिर्वाचित उपाध्यक्ष मिन बहादुर महतलाई सुर्खेत बार एसोसिएसनले सम्मान र स्वागत गरेको छ । नवनिर्वाचित महतलाई बार एसोसिएसनमा आवद्ध कानुन व्यवसायीहरुले स्वागत र सम्मान गरेका हुन् ।

स्वागत कार्यक्रममा बोल्दै मिन बहादुर महतले बारलाई प्राज्ञिक र व्यवसायीक बनाउन निर्वाचित सवै पदाधीकारीहरु कटिबद्ध भएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो ‘न्याय क्षेत्रमा देखिएका विभिन्न विकृति र विसंगतीको अन्त्य गर्न सवै निर्वाचित पदाधिकारीहरु लाग्छौं । यो हाम्रो चुनावी एजेण्डा पनी हो ।

कार्यक्रममा वरिष्ठ अधिवक्ता भुषण कुमार मानन्धरले कर्णालीलाई राज्य र राज्य संचालकहरुले जहिले पनि उपेक्षा गरेकोले प्रदेशको प्रतिनिधीले यहाँका कानुन व्यवसायीहरुको आवाज बुलन्द गर्नुपर्ने धारणा राख्नुभयो ।

त्यस्तै जिल्ला बार सुर्खेका अध्यक्ष नन्दबहादुर भण्डारीले कर्णालीको न्याय क्षेत्रमा देखिएका विभिन्न विकृतिहरुलाई बारले समन्वय र सहकार्य मार्फत अन्त्य गर्न नवनिर्वाचित उपाध्यक्षले भुमिका खेल्नुपर्ने बताउनुभयो ।