
हरिकृष्ण कुमाई
२ पुस । जुम्ला । जुम्लाको तिला गाउँपालिकाका करिब ५ सय घरधुरीका महिलाहरु घर मै सुत्केरीहुने गरेको पाइएको छ । तिला गाउँपालिका ७ की आइती रोकायाले ६ वटै सन्तान घरमै सुत्केरी भएकी उनले सरकारी सुत्केरी सेवा आफुहरुका लागि “आकाशको फल आँखा तरि मर” जस्तो भएको बतार्इन ।
स्वास्थ्य संस्था नजिक त छैनन, वर्थिङ सेन्टरको त के कुरा ? स्वास्थ्य संस्थामै सुरक्षित सुत्केरी हुने रहर भएपनि पुरा हुन नसकेको अनुभव रोकायाको छ । त्यस्तै अर्की स्थानीय देवु रोकाया वर्थिङ सेन्टर नहुदा नियमित गर्भ जाच देखि सुरक्षित सन्तान जन्माउन समेत समस्य हुने गरेको बताँउछिन । सरकारले सुरक्षित सुत्केरी गराए वापत दिर्इने सेवा सुविधा पाउन नसकेको गुनासो गरिन ।
गर्भवतीले स्वास्थ्य संस्थामै दक्ष स्वास्थ्यकर्मी वाटै सुत्केरी गराउने आकांक्षा राखेपनि पुर्याउन सकेको छैन । तत्कालिन घाडेमहादेव गाविसको १ देखि ९ वडा तथा हाल तिला गाउँपालिका ६ र ७ वडाका महिला सुरक्षित सुत्केरी नभर्इ घरमै सुत्केरी हुने गरेका छन । वर्थिंङ सेन्टर भएको ठाउँमा जान ५ देखि ८ घण्टा सम्म हिड्नु परेको स्थानीयहरु बताउने गर्छन । गाउँमा स्टेचरको व्यवस्था नहुँदा डोकोमा सुत्केरी वोक्दा निकै पिडा हुने गरेको स्थानीय हर्क रोकायाले भने, दुर्गमका महिला सुरक्षित सुत्केरी हुनवाट बञ्चित छन् । उनले भने, अहिले सम्म कुनै पनि गर्भवति महिला सुत्केरी हुनको लागि वर्थिङ सेन्टरमा पुगेको रेकर्ड नै छैन ।
सदरमुकाम खलंगा स्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, हिमा गाउँपालिका स्थित प्रथामिक स्वास्थ्य केन्द्र र तिला १ स्थित डुण्डेली वर्थिङ सेन्टरमा पुर्याउनुको विकल्प छैन । सडक सञ्जालको पहुँच विस्तार नहुनु, भिरालो वाटो र विपन्नताका कारण सुविधा सम्पन्न स्वास्थ्य संस्थामा गर्भवती पुर्याउन सकिदैन, उनले भने, यहाँका महिलाको समस्यलार्इ मध्यनजर गर्दै वर्थिङ सेन्टरको माग राखेका छौ ।
तिला ७ का वडाध्यक्ष हस्त वहादुर वुढाले वर्थिङ सेन्टर स्थापनाको लागि पहल भर्इरहेको वताए । यहाँका गभर्वती र सुत्केरी आमाका पिडा धेरै छन, तर उनीहरुको पिडामा मलहमको काम गर्ने पहल भर्इरहेको र आगामी एक वर्ष भित्रै यहाँका महिलाको सुरक्षित सुत्केरी हुने सपना साकार हुन सक्ने बुढाले वताए ।
घोडेमहादेव स्वास्थ्य चौकीका र्इन्चार्ज तन्तबहादुर महतले वर्थिङ सेन्टर नहुदा शत प्रतिशित सुत्केरी आमा घरमै हुने गरे पनि नियमित गर्भ जाँच, महिला स्वास्थ्य स्वयमसेविका मार्फत घरमै सुत्केरी हुने गरेको बताए । समयमै वर्थिङ सेन्टरको व्यवस्था गरे आमा र वच्चाको स्वास्थ्यमा समस्या नआउने महतले जिकिर गरे ।



Prawash Kumar Shakya । २ पुष २०७४, आईतवार १५:१३ बजे